www.mynpl.blogspot.com ---- विक्रम थापा

कथा/कबिता/रचनाहरु

चराको भाषा बुझ्ने वैद्य
BY: उद्धव उपाध्याय

धेरै पुराना कुरा हो । यूनान (ग्रीस) मा एकजना भविष्य बताउने मानिस थियो । उसको नाम मेलाम्पस थियो । उसले भविष्य त बताउथ्यो नै, राम्रो उपचार गर्ने वैद्य पनि थियो । उसले उपचार गरेपछि रोग र्फकंदैनथ्यो ।

पहिले उसमा यस्तो शक्ति थिएन । भविष्य देख्ने र औषीध गर्ने शक्ति उसलाई सर्पले दिएको थियो । एकदिनको कुरा हो मेलाम्पसका नोकरहरूले सर्पका जोडीलाई मारेछन् । उनीहरू त सर्पका बच्चाहरूलाई पनि मार्न चाहन्थे तर मेलाम्पसले उनीहरूलाई बचाए । सर्पका बच्चाहरू खुसी भए । एकदिन मेलाम्पस निदाएको बेला, ती सर्पहरूले मेलाम्पसको आखा र कानमा चाटे । यो घटना पछि मेलाम्पसले भविष्य देख्ने र औषधी गर्ने शक्ति पायो । साथै ऊ पशुपन्छी र किराहरूको भाषासमेत बुझ्न सक्ने भयो ।

यसरी दिन बित्दै गयो । एकदिन मेलाम्पसको भाइ दुःखी हुदै बसिरहेको थियो । यसको कारण बताउदै उसले भन्यो, "म राजा निलियसकी छोरी पेरोसाग विवाह गर्न चाहन्छु । राजाले यसका लागि एक शर्त राखेका छन् । शर्तअनुसार मैले फिलेकसको गाई लगेर दिनुपर्छ । फिलेकसको गाई ल्याउन असम्भव छ । कहिल्यै नसुत्ने डरलाग्दा कुकुरले रेखदेख गरिरहेको हुन्छ ।

मेलाम्पसले सान्त्वना दिदै भाइलाई भन्यो "चिन्ता नगर । ती गाई म ल्याएर दिउाला ।" गाई चोरी गर्दैगर्दा ऊ पक्राउमा पर्‍यो फिलेकसले एक वर्षको सजाया सुनाई जेलमा बन्द गर्‍यो ।

एक रात विचित्रको घटना भयो । मेलाम्पस जेलको कोठरीमा लेटी रहेको थियो । निद्रा लागेको थिएन । उसले दलिनमा दुईवटा घमिराबीच भएको कुरा सुन्यो । एउटा धमिरा अर्को धमिरालाई भन्दै थियो - भोलि बिहान बाहिरको रूख खोक्रो भएर ढल्छ र यो जेलको कोठा पनि भत्किन्छ ।

धमिराहरूको कुरा सुनेर मेलाम्पस आत्तिएर चिच्याउन थाल्यो । 'मलाई बचाउ । मलाई अर्को कोठामा सार ।' उसको आवाज सुनेर जेलका कर्मचारीहरू हड्बडाउाादै आए । ऊ 'मलाई बचाउ, मलाई अर्को कोठामा लैजाउ' भनी कराइरहेको थियो । कर्मचारीहरूले उसको कोठा बदले । केही बेरपछि बिहान भयो र बाहिर धमिराले मक्किएको रूख पनि ढल्यो र जेलको कोठा भत्कियो ।

यो देखेर जेलका अफिसरहरू छक्क परे । उनीहरूलाई मेलाम्पस निकै ठूला भविष्य बताउन सक्ने मानिस जस्तो लाग्यो । उसाग अलौकिक शक्ति भएको अनुमान पनि उनीहरूले गरे । जेलका अफिसरहरू तत्कालै फिलेकसकहा गई सबै वृत्तान्त बताए । उसलाई पनि फिलेकससाग ईश्वरीय शक्ति रहेको जस्तो लाग्यो ।

उसले मेलाम्पसलाई जेलमुक्त गर्‍यो । फिलेकसको छोरा इम्प|mीकल्सको सन्तान थिएन । त्यसैले उनीहरू दुःखी थिए । फिलेकसले छोराको उपचार गरिदिन मेलाम्पससाग अनुरोध गरे । मेलाम्पस मौका हेरिरहेका थिए । उसले पनि शर्त राख्यो र भन्यो -"म उपचार त गरिदिन्छु तर बदलामा मलाई तपाइर्ाको गाई चाहिन्छ ।

फिलेकस गाई दिन तयार भयो । अनि मेलाम्पस औषधी उपचारमा तल्लिन रहृयो । एकैछिन पछि, महलको छानामा दुईवटा गिद्ध आएर बसे । उनीहरू कुरा गर्न थाले । एउटा गिद्धले भन्यो -'यो यही स्थान त हो नि हामी धेरै वर्ष पहिले पनि आएको थियौं ।"

अर्को गिद्धले भन्यो - 'अ, हो त नि ! त्यतिबेला इम्प|mीकल्स सानै थियो । बुबाको हातमा छुरा देखेर इम्प|mीकल्स कस्तो डराएको थियो । त्यो देखेर इम्प|mीकल्स भाग्यो, उसलाई रोक्न बाबु पनि पछिपछि दौडे । छुरा भुइमा खस्ला भन्ने डरले बुबाले छुरालाई नास्पातीको रूखमा घोपेर छोराको पछिपछि लागे । त्यो छुरा आजसम्म पनि रूखमै गाडिएरै रहेको छ ।"

गिद्धको कुरा सुनेर मेलाम्पसले भन्यो - "तिमीहरूलाई धेरै धन्यवाद ! इम्प|mीकल्स सन्तान हुने उपाए के छ, त्यो पनि त बताऊ ।" एउटा गिद्धले भन्यो- "छुरालाई रूखबाट झिकेर पखाल्नु । छुरा धोएको पानी इम्प|mीकल्सलाई दस दिनसम्म खुवाउनु । उसलाई ठीक हुन्छ ।"

मेलाम्पसले गिद्धले सिकाएजस्तै उपचार गर्‍यो । एक वर्षभित्र इम्प|mीकल्स बाबु बन्यो । फिलेकस नाति देखेर दङ्ग पर्‍यो । मेलाम्पसले गाई पायो । मेलाम्पसले गाई लगेर भाइलाई दियो । राजा निलियसले गाईर् पाएपछि आˆनी छोरीसाग मेलाम्पसको भाइसाग विवाह गरिदियो ।
मेलाम्पसलाई आज पनि अनौठो चिकित्सक तथा भविष्यवक्ताको रूपमा सम्झना गरिन्छ ।

ट्याम्केकी देवी
BY: रामविक्रम थापा

पूर्वी पहाडका अग्ला डाडाहरूमध्ये 'ट्याम्के' सबैभन्दा अग्लो (३६२० मिटर) र प्रसिद्ध डाडा हो । सफा मौसमको सूर्योदयपूर्व ट्याम्केबाट दार्जीलिङ र काठमाडौं समेत देख्न सकिन्छ । खोटाङ र भोजपुर जिल्लाको सिमानामा अवस्थित यो ट्याम्के डाडामा देवीथान छ ।

पहिले, ट्याम्केकी देवी भोजपुर जिल्लाको लेखर्क गाविस अन्तर्गत रुपाथुम्की भन्ने लेकमा थिइन् र त्यहाबाट ट्याम्केमा सरेकी हुन् भन्ने यस्तो किम्वदन्ती छ -

भोजपुरे काभ्रेका एकजना जैसी बाहुन गोठ राखेर रुपाथुम्कीमा बस्थे । एकरात सपनामा देवीले त्यो ग्वालालाई भनिन् - 'म यहा बस्दिन । मलाई डोलीबाजा गरेर ट्याम्केमा लगिदेऊ । म तिमीलाई एउटा बाच्छी दिन्छु ।'

यस्तो अचम्मको सपना देखेर छक्क पर्दै भोलिपल्टै बिहान डोलीबाजा गरेर देवी -मुस्किलले मात्र उचाल्न सकिने ढुङ्गाको मूर्ति) लाई रुपाथुम्कीबाट ट्याम्के पुर्‍याएर स्थापना गरी त्यो ग्वाला फर्केछ । गोठमा पुगेर भात खाई वस्तु फुकाएछ ।

बेलुकी गाई बाध्दै जादा ४९ ओटा गाई बाध्दा दाम्ला-किला सकिएछन् तर एउटा गाई बााध्न अझै बाकी रहेछ । आˆना ४९ ओटा गाई-बाच्छीमा एउटी थपिएर ५० ओटा पुगेछन् । देवीले ग्वाला जैसीलाई सपनामा भने अनुसार एउटा बाच्छी दिइछिन् । यसरी बाच्छी पाएपछि त्यो जैसीको देवीप्रतिको आस्था र विश्वास अझ बढेछ । अनि भोलिपल्टदेखि हरेक बिहान ट्याम्के पुगेर देवीलाई गाईको दूध चढाउदो रहेछ ।

यसै क्रममा, एकछिन दूध चढाउदै गर्दा ट्याम्केको त्यो अनकण्टार जङ्गलमा कोइली बोलझैा आकाशबाणी भएछः 'ता को होस् ? ता को होस् ?? भन् ता को होस् ??? भन ता को होस् ???' त्यो जैसी ग्वालाले लरखरिएको स्वरमा भनेछः 'म ...म .... म तल काभ्रेको ग्वाला हु, दे-वीलाई दूध चढाउन यहा आएको !' फेरि यस्तै आवाजमा आकाशवाणी भएछः 'ता के माग्छस्, के माग्छन् ?? भन त के माग्छस् ???' अनि त्यो जैसीले दुवै हात जोदेर भनेछः "मेरा सन्तान, दर-सन्तानमा गोरस (दूध) नटुटोस् !"

त्यो ग्वालाको सन्तान अझै पनि घिमिरे जैसीका रूपमा छादै छन् । अझसम्म पनि प्रशस्त गाई-भैंसी पाल्ने त्यो जैसीका सन्तानहरू -नाति-पनाति) का घरमा कहिल्यै गोरस -दूध) टुटेको छैन ।

माया हाम्लाई बराबरी
BY: नारायण तिवारी

म हुँ एक बालक पढ्ने मेरो काम

पढी गुनी ठूलो भई राख्छु देशको नाम ।

दिनभरि स्कुल अनि एकछिन खेल्छु साँझमा

पढ्न बस्छु बिहान-राति आमा बाका माझमा ।

कुनै बेला हजुरबाको बन्छु सानो साथी

गाला छुँदै भन्नुहुन्छ ँबालख नै जाति’ ।

दिदी मेरी एउटी मात्रै संगै हामी पढ्छौँ

माया हाम्लाई बरबारी दुवै अगि बढ्छौं ।

पढ्ने स्कुल टाढा हाम्रो त्यसकै लाग्छ पीर

बाटो पनि खतरनाक वरिपरि भीर ।

कुनै दिन हाम्रो पनि बाटो पिच होला

मोटरले बोकिदेला किताबको झोला ।

चिडियाघर
BY: विवश पोखरेल

यसपालीको शनिबार- गयौँ चिडियाघर

गाडी चढी जाँदा त्यति रैन रै’ छ पर ।

बाघ दाइले हाम्लाई देखी गर्‍यो ङ्यार्रङुर्र

भालु दाइ सुतेकोथ्यो गर्दै घुर्रघुर्र ।

हात्ती दाइको ज्यानै ठूलो, नाङ्लोजत्रो कान

गैँडा दाइको वरपर रै’ छ बेग्लै सान ।

मयुरको नाचै राम्रो, कोइलीको गाना

मिलिजुली बसेका थे’ सबै ठूला साना ।

त्यही थिए छट्टु स्याल - हाम्रो जम्बु राजा

बादर दाइले सोध्दै थिए, के के ल्यायौ दाइ ।

खोसी खोसी हाम्रो सबै फलफूल खाई

जिस्काउ֧दै हाँस्न थाले ङचिच बाँदर दाइ ।

साह्रै मज्जा लाग्यो हाम्लाई चिडियाघर टेक्दा

प्रकृतिको सुन्दर सृष्टि एकै ठाउँ देख्दा ।

हेर्दा-हेर्दै दिन बित्यो गर्दै वरपर

यसपालिको शनिबार - गयौँ चिडियाघर ।

उड्न नसक्ने चराहरू
BY: प्रवीण थापा

चरा आकाशमा उडेको देख्दा सबैले भन्छन् - "चरा हुन पाए हुन्थ्यो"। अर्थ प्रस्ट छ खुल्ला आकाशमा चरार्झ}{ उड्न पाए हुन्थ्यो । हवाइजहाज प्याराग्लाइडर आदि आविष्कारले यसको केही आनन्द दिएका छन् । त्यसैले यिनीहरूले सबैलाई त्यो आनन्द दिए दिएनन् त्यता नलागौा । कुरा चराकै हो । सबै चरा उत्तिकै भाग्यमानी छैनन् किनभने सबै चरा उड्न सक्दैनन् । त्यसैले तिनीहरूलाई उड्न नसक्ने चरा भनिन्छ । सुतुरमुर्ग, इमु र किवि यो वर्गमा पर्छन् ।

सुतुरमुर्ग -इकतचष्अज)ः

अपि|mका र अरबको मरुभूमिमा पाइने सुतुरमुर्ग -अस्टि्रच) सबैभन्दा ठूलो चरा हो । यसको उचाइ २.५ मिटर हुन्छ भने तौल १५० किलोग्रामको हुन्छ । सबैभन्दा ठूलो अण्डा पार्ने चरा अस्टि्रच हो । यसको अण्डाको तौल १.५किलो ग्राम हुन्छ । यसको अण्डा उसिन्न ५० मिनेट लाग्छ । यो ८० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ ।

किवि -प्ष्धष्)ःः

किवि न्यूजिल्याण्डमा पाइने उड्न नसक्ने चरामध्ये सबैभन्दा सानो चरा हो । यो कुखुरा जस्तै हुन्छ यसको विशेषता भनेको यसको नाकको प्वाल चुच्चोको छेउमा हुनु हो । अझ रोचक कुरा के छ भने न्यूजिल्याण्डको क्रिकेट टोलिलाई किवि टोली भनिन्छ ।

इमु -Emग)ः

अस्ट्रेलियाको जङ्गल तथा मरूभूमिमा पाइने इमु सुतुरमुर्ग पछिको ठूलो चरा हो । यसको उचाइ १.५ मिटरको हुन्छ ।

बैकुण्ठको म्याराथुन दौड
BY: उमेश ओझा

बेइजिङ ओलम्पिक नजिकिएको छ । ओलम्पिकको चर्चा चल्दा एथलेटिक्स खेलले धेरै मान्छेलाई आकषिर्त गर्छ । एथलेटिक्समा पनि सय मिटर दौड सरह म्याराथन दौडको विशेष महìव छ । प्रकृति विरुद्धको दौड भनेर पनि परिचित म्याराथुन र्दौड मान्छेको साहसको उदाहरण हो । यसमा धावकले ४२.१९५ किलोमिटर दौड्नुपर्छ । यो दौड जित्ने धावकले दुई घण्टा १० मिनेटको हाराहारीमा लक्ष्य प्राप्त गर्ने गरेका छन् ।

म्याराथन दौडको सुरुआतको घटना रोमाञ्चक छ र यस दौडको कल्पना करिब पााचसय किलोमिटरको एक दौडबाट बनेको बताइन्छ । प्राचीनकालमा म्याराथन भन्ने स्थानमा ग्रीक र पसियाबीच युद्ध भएको

थियो । त्यस युद्धमा ग्रीकको जित भएपछि फिडिपेडिस नामको एक सन्देशबाहकलाई म्याराथनबाट एथेन्स पठाइयो । किंवदन्ती अनुसार उनले कही पनि नरोकिएर एथेन्समा पुगी त्यहााको संसदमा गएर हामी विजयी भयौं भनेका थिए । त्यो सन्देश भन्ने वित्तिकै त्यही लडेर फिडिपेडिसको मृत्यु भयो ।

गि्रको - पर्सियन युद्धको विषयमा मुख्य स्रोत गि्रकका इतिहासकार हेरोडट्सले उल्लेख गरेअनुसार फिडिपेडिस सहयोगको लागि पहिले एथेन्सदेखि स्पर्टासम्म दौडिएको र त्यही बाटो दौडेर फर्किएका थिए । जुन बाटोको एकतर्फी लम्बाइ २४० किलोमिटर भन्दा बढी थियो ।

म्याराथन दौडको सुरुआत सम्बन्धमा विभिन्न किंवदन्ती छन् तर पहिलो प्राचीन ओलम्पिकदेखि अहिलेको आधुनिक ओलम्पिकसम्म म्याराथन दौडले ओलम्पिकमा स्थान पाएको छ । विश्वमा हरेक वर्ष आठसयभन्दा बढी म्याराथन दौड आयोजना हुन्छ । विश्वमा म्याराथन दौडको संरक्षण र नियन्त्रण गर्न सन् १९८२ मा इन्टरनेसनल म्याराथन्स एण्ड डिस्टेन्स रेसेस नामको संस्थानै गठन गरियो । यसमा ८२ देश तथा क्षेत्रका २३८ म्याराथन दौडलाई सदस्य बनाइएको छ ।

ओलम्पिक बाहेक व्यावसायकि म्याराथन दौडमा बोस्टन, बर्लिन, सिकागो र न्युयोर्क सिटी म्याराथन दौड प्रख्यात छन् । यी पााच वटै म्याराथनलाई विश्व म्याराथन श्रृङ्खलामा राखिएको छ । र, श्रृङ्खलामा राम्रो प्रदर्शन गर्ने धावक र धाविकालाई जनही पााच लाख अमेरिकी डलर पुरस्कार दिइन्छ ।

म्याराथन दौडमा एक पटकमा हजारौा व्यक्तिले भाग लिन सक्छन् । नेपालका बैकुण्ठ मानन्धरले दक्षिण एसियाली खेलकुदमा लगातार तीन पटक स्वर्ण पदक जितेर म्याराथन दौडमा हृयाटि्रक गरेका छन् र यस क्षेत्रमा म्याराथन दौडको कीर्तिमान बैकुण्ठकै नाममा रहेको छ ।

त्यो सानी केटी
BY: फणीन्द्रराज खेताला

कुरा धेरै अघिबाट सुरु हुन्छ । अर्थात् झण्डै तीस वर्ष अघिबाट यो कथा सुरु गर्न सकिन्छ । म डेरा गरेर बसेको घरकै छेउमा 'नया मान्छे आएर बसे छन् नि ' भनेर मलाई दुई-चारदिनअघि नै सुनाएकी थिइन् श्रीमतीले । 'आए होलान् नि त, ती पनि त हामीजस्तै' डेरै नै त होलान् नि' भनेर मैले टार्न खोजेको थिएा । मैले वास्ता नगरेको देखेपछि श्रीमतीले भनेकी पनि थिइन्, 'कस्तो अर्काको कुरामा ध्यान पनि नदिने मान्छे, यस्तासाग पनि के कुरा गर्नु !' त्यसपछि अरू कुरा नै भएन । जुन घरमा नया मान्छे आए भनियाथ्यो, त्यसघरका मालिकसाग दुई दिनपछि बिहान घुमेर र्फकंदा भेट भो । मैले 'नया मान्छे राख्नुभएछ नि' भनेर सोधे । उनले जवाफमा भने, 'नया मान्छे राखेको होइन, मैले त घरै पो बेचे त ।' मैले 'यति राम्रो बारी निकास सबै भएको घर किन बेच्नु भा'को भनेर सोध्दा उनले भने, 'राम्रो मोल आयो, फेरि मलाई अलि ठूलो पनि भो त्यसैले बेचेको ।' यहाा भन्दा बढी सोध्ने कुरा पनि भएन । समय बित्दै गयो ।

एकदिन बिहान म कोठामा बसेर चिया खाादै थिएा, श्रीमती आएर भनिन्, 'कुनै नचिनेको मानिस खोज्न आएका छन् साथमा छ/सात वर्षकी एउटी केटी पनि छ ।' उठेर झ्यालबाट आगनतिर हेरे । माथितिर नै हेरिरहेका उनले 'ममाथि आउन सक्छु ?' भने । मैले स्वीकृति दिएपछि उनी कोठामा प्रवेश गरे । नमस्तेको आदान प्रदान पछि मैले उनको परिचय सोधेा । उनले, आफू नन ग्य्राजेटेड अर्थात् नायब सुब्बा हुन्, काठमाडौा मालमा सरुवा भएर आएका घर पहाडमा हो तर काठमाडौा आएको निकै भो, डेरामा थिएा, अैले हालसालै तपाईंको छिमेकैमा घर किनेर सरेको । जहान छ जना छौ । दुई छोरा, दुई छोरी, अनि श्रीमती र म । नाम मेरो नीलकण्ठ, थर घिमिरे हो । यहासाग परिचय गास्न मन लाग्यो र आएको । अरू दिन अलि फुर्सत हुदैन, आज शनिबार त्यसैले ... । उनले आत्मीयता देखाउदै आˆनो इतिबृत्त सुनाएपछि मैले पनि आˆनो परिचय दिदै भने, 'मेरो त यो घर आˆनो होइन, म डेरामा छु तर घर लिएर बसेको छु । मेरा पनि फेदा फेदी छन् । ती सबै पढ्छन् । म आफू स्कुलमा पढाउने काम गर्छु ।' उनले भने 'यहााको बारे मैले सबै सुनिसेकेको छु । त्यसैले श्रद्धा लागेर नै भेट गर्न आएको हु । यो उनीसागको मेरो पैलो भेट थियो नया छिमेकीको नाताले तर उनी त आˆनो घरमा थिए । सायद स्थाई बसोबास नै गर्लान् । आˆनो त सिङ्गो भए पनि घर त डेरा न हो, कैले छोडिन्छ के ठेगान ?

केही दिनपछि, एक बिहान श्रीमती र म पशुपति दर्शन गरेर र्फकंदै थियौा । बजारमा नीलकण्ठ, उनकी श्रीमती र सानी छोरी भेट भए । नमस्ते आदानप्रदान पछि दुवै श्रीमतीबीच परिचय भयो । मैले उनीसाग छोरीको बारे सोधे, 'तपाईंकी यो छोरी त अति राम्री रहिछ । कति वर्षकी भई अनि नाम के राख्नुभएको छ नि ?' बाबु चाहिले बोल्नुभन्दा पैले छोरी चाहि नै बोल्न थाली, 'मेरो कुरा के बुबासाग सोध्या ? मसाग पो सोध्नुपर्छ । म छ वर्षकी भए मेरो नाम उर्वशी हो, अब त पुग्यो ?' उसको कुरा सुनेर हामी सबै हास्यौ । मैले उसको टाउको मुसारे । यसरी भयो उर्वशी नामकी त्यो बालिकासागको हाम्रो सान्निध्य । उर्वशी नामकी त्यो वाचाल बालिकातिर हामी दुवै आकषिर्त भयौ । श्रीमतीले सोधिन्, 'तिमी मकहा जान्छ्यौ ?' 'नजिकै घर छादैछ, आउदै गरुला नि ।' उसले जवाफ दिई/मैले नीलकण्ठलाई भने, तपाईंले छोरीलाई तालिम त राम्रै दिनुभएको रहेछ । म के तालिम दिन्थे, दिदी चाहिले दिन्छे नि ।' हामी बिदा भयौ ।

एकदिन म बेलुकी पाच बजेतिर घर र्फकंदै थिए । मेरो बासस्थान पुग्नुअघि उनीहरूको घर पर्दथ्यो । ढोकामा उर्वशी गालामा हात लगाएर ठेलोमा बसिरहेकी देखे । मैले उसलाई सोधे, 'नानी के गर्न लागिस् ?' देख्नुभएन बसिरहेकी ? देख्दादेख्दै पनि के

सोध्या ? मैले आˆना दुवै कान समातेर भने, तासाग बोल्न सक्दिना म । म हारे । म घरतिर लागे । मलाई आश्चर्य लाग्यो, त्यो त्यति सानी केटीको, त्यति ाचभभ बलम ाचबलप भएर बोलेको र उसको हाजिर जवाफीको कला देखेर । उसको भविष्य कस्तो होला ? भन्ने कल्पनाको पोको बोकेर म घरभित्र पसेा ।

बाबुआमाकी कान्छी छोरी । उभन्दा माथि दुई दाजु र एक दिदी, घरमा सबै पुगीसरी आएका जागिरे मान्छे, काठमाडौामा घर, पहाडमा घर जग्गा सबै कुराले सम्पन्न नीलकण्ठले छोराछोरीलाई राम्रै शिक्षा दिएका रहेछन् । यसपछि धेरै दिनसम्म मैले उनीहरूलाई भेटिन । त्यसपछि म पनि नयाा घर किनेर अलि टाढैजस्तो सरे । सर्नुभन्दा अघि उनीहरूलाई श्रीमती र म घरमै गएर भेट गर्‍यौ । आफूहरूलाई थाहै नदिई जान लागेको, त्यसै जान कहा पाइन्छ, भोलि बिहान परिवारै हामीकहा खानुपर्छ भने । शिष्टाचार, बस, नाइ भन्न सकिएन । अझ उर्वशीले त म धेरै बोले भनेर मसाग डराएर भाग्न लाग्या हो कि, क्या हो ? पनि भनी । उसको त्यो अपनत्वको भावना देखेर मलाई निकै हर्ष लाग्यो । मैले आˆनो अन्तहृदयदेखि मुक शब्दमा उसको सुखद भविष्यको लागि आशीर्वाद दिए । यसको चार दिनपछि हामी घर सर्‍यौा । अब हामी दुई छिमेकी होइन पराई भयौा, किनकि उनीहरूको घर र हामी सरेको घरको बाटो फरक र दूरीमा पनि झण्डै घुमाउरो भएकोले एक किलोमिटर जति फरक पथ्र्यो । त्यसैले पैले दिनहुाजस्तो भेट हुने उर्वशी र उसका बाबुसागको भेटघाटमा अवरोध खडा भयो ।

उनीहरू सम्झन्थे वा सम्झादैनथे तर म चाहि त्यो वाचाल प्रकृतिको केटीको कारणले उनीहरूलाई सम्झन्थे । अनि घरमा कुरा पनि हुने गथ्र्यो । झण्डै दुई महिना जति पछि एक दिन नीलकण्ठ मेरो स्कुलमा आए । मलाई आश्चर्य लाग्यो, यो फागुन महिनाको पैलो साताभित्रको कुनैदिन थियो । आराम बिरामको भलाकुसारी पश्चात् मैले उर्वशीको बारेमा सोधे । उनले भने म त्यसैको बारेमा कुरा गर्न आएको । मैले सोधे, उर्वशीको बारेमा ? कुरा के हो ? मैले सोधेको जवाफमा नीलकण्ठले भने, त्यस्तो केही भएको छैन । ऊ स्वस्थ र निरोगी नै छ र बराबर सम्झने पनि गर्छे । ऊ अैले कक्षा तीनबाट उत्तीर्ण भई र वातावरण पनि अलि त्यस्तै भएकोले यहा भर्ना गर्न पाए हुन्थ्यो कि भनेर आएको । उसकी आमाले पनि दाइलाई निवेदन गरेर भर्ना गर्न भनिन् र त्यसैको लागि कष्ट दिऊ कि भन्या । मैले उसलाई चारमा भर्ना गरिदिए । भर्ना भएको दिन ऊसाग भेट भयो अफिसमा, उही उस्तै चालले उसले मलाई सम्बोधन गरी तर त्यो दिन विशेष गरेर नमस्ते गरी । सायद उसका आमाबाबुले सिकाएका थिए होलान् । उसलाई नजिकै बोलाई टाउको मुसार्दै मैले भने, उर्वशी ता यहा पढ्छेस् त ? 'किन नपढ्नु त, पढ्न भनेर त आएकी तर कान निमोठ्न भने पाइन्न नि, मैले ऐले नै भनेकी छु । उसको कुरा सुनेर त्यहा भएका सबै हासे । बाबुले सम्झाउदै भने, 'ता त के भा' की छोरी, यो घर हो र यहा पनि उहासाग यसरी बोल्ने ?' उसले जवाफ फर्काई, उहा पनि त बुबाजस्तै होइन र ?'

समय बडो बलवान् छ, साथै परिवर्तन सेकेण्ड, मिनेट घण्टा, दिनरात, हप्ता, महिना र वर्ष हुदै अगाडि बढ्दै जादा पनि समय आफू भने सधै जवान नै रहन्छ तर व्यक्तिलाई उमेरका हिसाबले बुढ्यौलीतिर धेकेल्दै लैजान्छ । चारमा भर्ना भएकी चुलबुले केटी उर्वशी दससम्म आइपुग्दा कैशोर्य पार गरेर सत्र बर्से जवान युवती बनिसकेकी थिई । उसले आˆना सबै बाल र कैशोर्यावस्थाका बानी बेहोरा छोडिसकेकी थिई । उसले एस.एल.सी. प्रथम श्रेणीमा उत्तीर्ण गरी । जुन दिन मैले चारित्रिक प्रमाणपत्रमा दस्तखत गरेर लब्धाङ्कपत्र समेत उसको हातमा राखिदिएा त्यो दिन पैलो पटक उर्वशी मलाई त्जबलप थयग ... भनेर अभिवादन गर्दा अनौठो लाग्यो । पैलेजस्तै टाउको मुसारेर आशीर्वाद दिन उठिसकेको मेरो दाहिने हात रोकियो । त्यतिबेला उसले मेरो त्यो हात समातेर आˆनो शिरमाथि राख्दै नरम र नम्रस्वरमा भनेकी थिई, सर हजुरको आशीर्वादले मेरो कल्याण गर्नेछ । म हजुरकी छात्रा मात्रै होइन छोरी पनि हु । ढोकाबाट निस्की । जादै गरेकी उसलाई ढोकाबाट निस्कनु अघि एकपटक स्कुल भवनतिर हेर्दै गरेको देखे ।

केही दिनपछि शनिबार बिहान म घरपुग्दा उर्वशीसहित उनका पिता र आमा आएका रहेछन् । मलाई आश्चर्य अनुभव भयो । किनकि उनीहरू यसरी आएको यो पैलोपटक थियो तर उनीहरूको आगमनको कारण साधारण रहेछ । उर्वशी उत्तीर्ण भएकोमा कोसेलीको रूपमा मिठाइ उपहार बोकेर आएका रहेछन् । साधारण कुराकानी पछि उनीहरूले एकदिन आˆनो घरमा आउने आग्रह पनि गरे । त्यो दिन पैलेका दिनहरूभन्दा बढी नै गम्भीर देखिएकी थिई उर्वशी । यसपछि धेरै दिनसम्म उनीहरूसाग मेरो भेट भएन । कारण, झण्डै एक महिनापछि उमेरको हदले मैले स्कुलबाट अवकास पाएकोले बिहान बाहेक अरू बेला काम नपरीकन उस्तो बाहिर, निस्कन्न थिए तर पनि मलाई बराबर त्यो केटीको सम्झना आउने गथ्र्यो । घरमा आˆनी श्रीमतीसाग बराबर कुरा गर्थें । समयअगाडि बढ्दै गएर बर्सौं बित्यो । एक प्रकारले उर्वशी र उसको घरका परिवार नै मेरो सम्झनाबाट झण्डै ओझेलमा परिसकेका थिए ।

एकदिन बिहान अलि ढिलो गरेर म आˆनो साबिक प्रातः भ्रमणमा निस्किए । म आˆनै धुनमा मनमा के के कुरा खेलाउदै जादै थिए । आज मन पनि त्यति प्रसन्न थिएन । कारण थाहा थिएन किन यस्तो भइरहेको छ । म सरासर भुवनेश्वरीको बाटो हुदै गौशालातिर लागे । त्यताबाट जयवागेश्वरी हुदै मित्रपार्कको ओरालो झर्दै थिए अलि परबाट एउटी अधबैसे महिलासाग आधुनिक परिधान कि एउटी युवती उकालो उक्लादै गरेको देखे । नजिक पुगेपछि चिनेा- उर्वशी र उसकी आमा हुनुहुदोरहेछ । आमाले सेतो वरखी बारेको कपडा लगाएकी थिइन् । एक पटक म झस्के । अझ नजिक पुगेपछि दुवैथरी रोकियौ । देखे उर्वशी सौभाग्य श्रृङ्गारमा थिई भने साथैको प्रौढा उसकी आमा... म बिलखबन्दनमा परे । उर्वशीले मलाई हेरेर आखाभरि आसु पारी । मैले सोधे- यो सब के हो उर्वशी ? ऊ अझ मेरो नजिक आई र दुवै हातले मेरो कम्मरमा समातेर घुक्का छोड्दै भनी 'बुबा, मेरो बुबाले हामी सबैलाई छोडेर जानुभयो ।' मैले किन थाहा पाइन त । सोधे उसले भनी, 'मैले स्नातक परीक्षा पास गरेपछि, बुटवल हजुरबुबाकहा नै गएर मेरो विवाह भयो । त्यसको दसदिन पछि यता फर्किने अघिल्लो दिन राति हर्ट अट्याकबाट बुबा बित्नुभयो । हामी त अस्ति मात्र र्फकेका । दाइ परिवारसहित अमेरिका यहा मुमासाग भाइ र म छौ, दिदी आˆनै घरमा ।

भालुको फोटो
BY: विनय कसजू

"हल्ला नगर्नुस् है । अब हामी वनको भित्री भागमा पस्दैछौ ।" हातमा मोटो लौरो लिएको वनको गाइडले हामीलाई सतर्क गरायो । उसको घाटीमा दुरबिन झुण्डिएको थियो । रूखका चरा, टाढा चरिरहेका गैडा र अन्य जनावर भेट्टएि । उसले गाढा हरियो रङको लुगा लगाएको हुादा टाढाबाट हेर्दा ऊ झट्ट देखिन्नथ्यो ।

हामी बालकथा लेखक र चित्राङ्कनकर्ता कलाकारहरू चितवनको जङ्गलमा घुम्न र बालसाहित्य र चित्राङ्कनबारे गोष्ठी गर्न गएका थियौ । वनका रूखपात, बिरुवा, फलफूल, जनावर, चराहरूबारे आफूले पनि थाहा पाउने र बालबालिकालाई पनि बताउने उत्सुकता हामी सबैमा थियो ।

वन गाइडको कुरा सुन्नेबित्तिकै हामी सतर्क भयौ । क्यामरा बोक्नेहरूका हातहरू क्यामेरामा सल्बलाए । मैले पनि क्यामेरालाई तयारी अवस्थामा दाहिने हातमा लिए ।

सहरमा बस्ने लेखक र कलाकारहरूका लागि वनका सबै वस्तु अनौठा र आकर्षक थिए । जानवर मात्रै होइन रूखपात पनि फोटो खिच्न लायक थिए । यसरी फोटो खिच्दा गाइड अगाडि पुगिसक्थ्यो । हामी पछाडि पथ्र्यौ । बेलाबेलामा उसले हामीलाई पर्खन्थ्यो । हामी एकै ठाउमा भेला भएपछि उसले वनमा भालुले चिथोरेको घटना सुनाउदै खुट्टामा घाउको दाग देखाउथ्यो । हामी रोमाञ्चित हुन्थ्यौ ।

यसरी फोटो खिच्दै जादा एकपल्ट म साह्रै पछि परे । साथीहरू कोही पनि देखिएनन् । चिच्याएर बोलाउन वा सिटी बजाउन पनि भएन । अर्कोतिर बाटो बिराउने र हराउने डर पनि थियो । यसैले हतारिदै अड्कलको भरमा त्यो बाक्लो जङ्गलमा म अगाडि बढे ।

एउटा खोल्सामा पुग्दा अचानक खोल्सापारि एउटा कालो अजङ्गको जीव देखियो । त्यो भालु रहेछ । म सतर्क भए । ऊ मतिर आउदै थियो भने म ऊतिर जादै थिए । ऊ मतिर फर्केर मलाई आक्रमण गर्ने मुद्रामा दुइटा खुट्टाले उभियो । अब के गर्ने ? वरिपरि रूखहरू हुनाले उसको आक्रमणबाट जोगिन, उसलाई छल्न सकिन्थ्यो । खोल्सापारिबाट मसम्म आइपुग्न पनि केही मिनेट त लाग्ने थियो ।

अचानक मेरो दिमागमा एउटा अनौठो विचार फुर्‍यो । पत्रकारको संस्कार जाग्यो । मैले क्यामेरा ऊतिर फर्काए र फोटो खिच्न लागे । पर्याप्त उज्यालो नभएकोले फोटो खिच्न क्यामेराको बटन दबाउदा स्वतः झिलिक्क उज्यालो फ्ल्यास बल्यो । सायद फ्ल्यासको उज्यालोले भालु अल्मलियो । ऊ उभिएकोउभियै भयो । मैले मौकाको फाइदा उठाउादै फटाफट फोटो खिच्न थाले ।

भालु हाासेको फोटो खिच्न पाए कस्तो हुन्थ्यो भन्ने मलाई लाग्यो । अचानक मेरो मुखबाट निस्क्यो, "चीइइइज" । अचम्म मलाई त्यो भालु हासेजस्तो लाग्यो । चार/पाच स्न्याप फोटो खिच्दा पनि भालु हासेको हासेकै थियो । यही मौका छोपेर म आफू आएको बाटो कुलेलम ठोके । केही पर पुगेपछि मचान देखियो । म त्यतैतिर लागे । भालुले पछ्याएको छ कि भन्ने डरले म स्वास्वाफ्वाफ्वा गर्दै मचानमाथि पुगे ।

केही बेरपछि साथीहरूले मलाई खोज्दै आए । मलाई मचानमाथि देखेर ढुक्क भए । मैले साथीहरूलाई मचानबाट फोटो खिच्न बेस हुने भएकोले यहा आएको भने । भालुको फोटो खिचेको कुरा मैले भनिन ।

सााझ रमाइलो गर्ने कार्यक्रम थियो । खानपिन पछि ठट्टा, जोक सुनाउने, गाउने, नाच्ने कार्यक्रम सुरु भयो । साथीहरूले कसैले हात्तीमा चढेर जङ्गल घुमेको त कसैले पैदल वन घुम्दा पाएको अनुभव सुनाउन थाले तर कसैले पनि बाघ, भालु, गैडा देख्ने अवसर पाएनछन् । मयूर र मृग भने धेरैले देखेछन् ।

कसैले नदेखेको कुरा मैले देखेको थिए । फोटो पनि खिचेको थिए । त्यसैले मलाई आफ्नो अनुभव सुनाउन कुत्कुती लाग्यो । मैले फुर्तीसाथ भालुलाई भेटेको, उसले आक्रमण गर्न खोज्दा फोटो खिचेको कुरा सुनाए । मेरो कुरा सुनेर साथीहरू छक्क परे । कसैकसैलाई ईष्र्या पनि लाग्यो होला । कोही त डराए पनि ।

"अनि के भयो ? कसरी भालुबाट जोगियौ ?" धेरैले एकैचोटि सोधे ।

मैले भने, "क्यामेराको फ्ल्यासले भालु अल्मलिएको हुनुपर्छ । केही फोटो खिचेपछि मलाई उसको हासेको फोटो खिच्न मनलाग्यो । अनि मैले 'चीइइइज' भने । मेरो कुरा सुनेर भालु मुसुक्क हास्यो । अनि मैले अरू चार/पाचवटा फोटो खिचे र कुलेलम ठोके ।" मेरो कुरा सुनेर सबै जना गलललल हासे । भालु हासेको कुरा कसैले पनि पत्याएनन् । सबैले 'फोटो देखाऊ' भन्न थाले ।

तर केही पर बसेर हाम्रो कुरा सुनिरहेको जङ्गल लजको एक जना कर्मचारी मतिर हेर्दै मुुसुमुसु हाासिरहेको थियो । मलाई उसको आखा मैले खोल्सामा भेटेको भालुको आखाजस्तै लाग्यो । मेरो मनमा चीसो पस्यो । के त्यो भालु साच्चिकै भालु थियो त ? अथवा पर्यटकलाई तर्साउन कुनै मानिस भालु वनेर बसेको थियो ? यदि भालु हो भने किन हास्यो ? के भालु साच्चै हास्छ ? मेरो मनमा प्रश्न, शङ्का र कल्पनाको हुरी चल्न थाल्यो । फोटोमा भालुको सट्टा त्यही मानिसको फोटो देखियो भने मेरो त ठूलै बेइज्जत हुने भयो । मैले साथीहरूलाई भालुको फोटो देखाउने आट गर्न सकिना ।

-चितवन