www.mynpl.blogspot.com ---- विक्रम थापा

कबिता मुक्तक संग्रह

BY:दीपक जडित
यौटा रित्तो होर्डिङ बोर्ड : उज्यालो खोज्नेहरुको पर्याय

म तिम्रो सहरमा ठड्याईएको
खाली होर्डिङ बोर्ड बाँचिरहेछु
आउँदा जाँदा तिमीले
संधै मलाई रित्तो देख्यौ
थकित तिम्रो मश्तिष्कले रित्तो देख्ने
आकास जस्तै म पनि रित्तो छैन
ताराहरुको झिलिमिली बगैंचामा
पुर्ण चन्द्रमा फुलाएझैं आकाशले
तिमी सक्छौ म भित्र भोली
तिम्रो सुन्दर भविश्य फुलाउन
म चुनौति बाँचेको छु तिमीलाई
के सक्छौ तिमी
अहिल्यै तिम्रा पौरखी हातहरु उठाउन ?
के सक्छौ तिमी
खाली खाली मेरो छातीभित्र उज्यालो लेख्न ?
सँधै उज्यालोको भ्रममा तिमी
म भरी रंगहरु जथाभावी पोतेर
परपरै मस्किँदै हिंड्छौ
आज हेर लौ
म तिमीले मनपरी पोतेको रंग धोएर
कुरुप बाँचेको छु
मेरो आफ्नै नियति हैन मैले बाँचेको
के बुझ्न सक्छौ मलाई ?
म प्रतिक बनाएर आफुलाई
तिम्रै नियति बाँचेको छु
आउ स्वागत छ तिमीलाई
एक अञ्जुली उज्यालो बोकेर
पोत मेरो मुहारमा
र मुस्कान छर तिमी आफ्नै ओठमा
मेरो खाली अनुहार
मेरो रित्तो शरिर
मेरो खुल्ला छाती
पर्याय हो
नयाँ युगको संघारमा उभिएर
एक अञ्जुली उज्यालो खोज्नेहरुको ।

BY: भिक्षु गौतम
आमा रुँदा दुख्छ मेरो मन

बिथोल्न नखोज आज मेरा सपनाहरू
कर्म मेरा उदासी छन् के गरुँ
हे आमा हृदय त्यसरी नजलाउ
म देशको लागि शान्ति खोजिरहेछु
घर आउ छोरा भनेर नबोलाऊ ।

मलाई हिँड्न कहाँ मन थियो र
गाउँघरको माया मोह त्यागेर
उकाली ओराली हिँडिरहेछु
हृदयभरि साहस बोकेर
चाँडै आउँला म देशको लागि केही गरेर ।

सम्झौता नै हुन्छ मेरा आधार
याद छ मलाई प्यारो देश
जन्म दिने आमाको माया बारम्बार
आमा कहिले पनि मन दुःखी नपार ।

मेरा बाँकी एउटै सङ्कल्प छ
आमा मलाई हेर्दै रुँदा
मेरो मन दुख्छ घरि-घरि
तर पनि, हाँसीखुसी मुहारमा राख्नु मुस्कान ।

म मनलाई भन्छु वर्तम्ाान
जति दुख्छ दुखोस्
गिद्दले सिनु लुछे पनि लुछोस्
भाग्य मेरा टुटे पनि टुटोस् ।

भविष्य आखिरी खोलाझैं बगिगयो
समयको खेलको प्रतीक्षा मेरो यस्तै भयो ।

स्वच्छ-सुन्दर मन राखेर कविता लेख्छु
यो शान्तिभूमि बुद्धको देशमा क्रान्ति पो देखिरहेछु
त्यसैले मन मेरो कता कता रोयो
मलाई मात्र होइन आमा पनि रोयो ।

शान्ति ल्याउन बुद्धको चेला भएँ म
बाटो लागेको छु एकदिन हाँसो र मुस्कान र्छन
आउने छु आमा यतिमात्र होइन
चाहना अरू पनि बाँकी छन्
हँर्साई दिन्छु एकदिन आमाको मन ।

यस्तो परिवेशमा पनि साहित्य मभित्र छिर्दैछ
म त बेसहारा ! सहारा खोज्दै भावुकताभित्र गिर्दैछु
म त सहरको कोलाहलमा पिल्सिदैंछु
म त यहाँको खोक्रो विश्वभित्र आफैलाई बिर्सिंदैछु ।

मभित्र हाँसो छैन आँसु छ
साहित्य तिमी किन हाँसो खोज्दैछौ
म त विलासी छु किन ठेगाना सोच्दैछौ
भावुकताभित्र किन सिर्जना फूल खोज्दैछौ ?

BY: तेजविक्रम शाही
भयभीत वर्तमान

समय एक्काइसौं शताब्दी
घटना-यातना र मृत्युदण्ड
स्वीकार्दै
बाँच्न विवश छु म
जिन्दगी धितो राखेर
वर्तमान समक्ष ।

घुमिरहँदा 'विग्वेन' आफ्नै गतिमा
हराउन सकेनन् आँखाबाट
समय बितेका भिडियो क्लिपहरू
आँखामा झुण्डिरहेछन्
प्रश्नचिन्ह भएर
कम्ब्याट, रगत अनि मिसाइलहरू
समय भागिरहेछ पराजय भोगेर
विश्वब्रहृमाण्डबाट
हराइरहेछ जून
हराइरहेछ ज्योति
आर्श्चर्यचकित छु म
अझै किन सुल्टो घुमिरहेछ समय ?

प्रत्येक नयाँ वर्षरूमा
नाइट क्लबको नाङ्गो नाचसँग
लट्ठीरहेका युगपुरुषहरू !
धुँवा उडाउँदैमा
गिलास रित्याउँदैमा
समय चिन्न सकिने भए
किन देखिरहेका छैनौ अझै
समय कालो पोतेर आइरहेको
समय डराउँदै बाँचिरहेको
बर्षौबर्षौंदेखि ।

मेरो योजना मुताबिक
भत्काइरहेछु पर्खालहरू
स्वतन्त्र बाँच्न
विडम्बना,
नयाँ युगको सुरुवातसँगै
म अगाडिबाट तर्सिरहेछु
म पछाडिबाट तर्सिरहेछु
फेरि सुनिरहेको छु अझै
आतङ्कको चिच्याहट
षड्यन्त्रको भुमरीबाट
कहिँ फेरि एकपल्ट अझैर्
वर्तमान हारिरहेको त छैन ?

म थाकिरहेको छु पलपल
सिसिफस बाँच्दा जिन्दगी
घरी उक्लिरहेछु चुचुरोमा
घरी पुगिरहेको छु फेदीमा
खोइ कहाँ छ गन्तव्य ?
प्रत्येक घुम्तीमा सपना तुहिँदा
गन्तव्य एकादेशको कथा
मुसारी रहेछु खण्डहर बाटो
निस्पट अँध्यारो रातमा
झिसमिसेको प्रतीक्षा गर्दै ।

समय उही बितिरहेछ घण्टाघरमा
समय उही बितिरहेछ मेरो भित्तेघडीमा
तर,
वर्तमानमा मुर्छा किन कर्णाली ?
अधिकार खोज्नेहरू आतङ्ककारी कसरी ?
पिँजडाबाट मुक्त हुँदैमा
मैले उन्मुक्ति ठानिरहेको छैन
यतिखेर म वर्तमान छामिरहेछु
मैले देखिरहेछु
आग्रह-पूर्वाग्रहले गर्दा
भयभित वर्तमान अझै
कृपया !
समय भुलेर
षड्यन्त्र नगरियोस फेरि
वर्तमानलाई ठगेर ।

BY: राममाया अधिकारी
प्रतिछायाँ

म मूर्छित छु सबै माझ
म निन्द्रित छु सबै माझ
म पिल्सिएको छु तातो ज्वरोले
र त बरबराउँदै छु
मेरो सपना बेहोसमा हुन्छ
मेरो विपना पनि बेहोसमा हुन्छ
र त रमाउँछु सधैं निन्द्रित र मूर्छित अवस्थामा ।

म गन्तव्यहीन भएछु
म औचित्यहीन भएछु
आधिबाटोमा अलपत्र भएको
परिचयहीन यात्री
न तल जान सक्छु न माथि
ए कोही छ - मेरो सामु !
आऊ मेरा हात समाऊ
म वेसहारा भएँ,
म रोगी भएँ ।

म कहाँबाट आएँ र कहाँ जाँदैछु
मलाई कसले ल्यायो यहाँसम्म
र किन छाडेर गयो
म केही जान्दिन, म बेहोसमा छु
म मुर्छामा छु,
ममा होस भरिदेऊ
म प्राणहीन भएँ,
म रूपहीन भएँ ।

साँच्चै,
मेरो रूप कस्तो छ ?
मेरो आवाज कस्तो छ ?
म स्थूल छु वा सूक्ष्म
म ठोस छु वा तरल
म एक छु या अनेक
भन्न सक्छौ ... ?
म तिम्रै पसिनाको मयल
म तिम्रै प्राणको प्रतिबिम्ब
भुल्यौ मलाई ?
यदि सक्छौ भने देऊ मेरो पहिचान
हजार आत्माको सामु
उच्च स्वर निकालेर ।

नत्र भने
म अझै गर्जने छु आकाशमा
म अझै वर्षे छु धर्तीमा
बस्ती-बस्तीबाट उच्छ्वास बोकेर
रगतको भोक मेटाउन ।

होसियार ! मूकदर्शक जनता
म तिम्रै मनको खुल्दुली
म तिम्रै प्रतिछायाँ
लोकतन्त्र !
नत्र म उग्रचण्डी बन्छु
रगतले भोक मेटाउन
म तिम्रैरै प्रतिछायाँ लोकतन्त्र !

BY: कुमार रम्तेल
सहिद

छोराको छातीमा तातो गोली
छोरीको त मुटु नै छेडिएको छ
हेर्न नसकी सगरमाथा रोएको छ
आमा साह्रै विरामी छिन्
न्यानो लुगा पनि नसुकेर
छिमेकीको चोली टाल्दैछिन् ।

छाती चस्केर चर्केको छ
भित्र-भित्र पोलिएको मुटु डढ्दैछ
रापले धड्कन तीव्र हुँदैछ
चिसो हावा आजभोलि हराउँदै छ
चन्दन, चिराइतो र श्रीखण्ड घोट्दै
गरेका सपुतहरू बगर बगरमा
पल्टिरहेको छन्, आमा-आमा भन्दै
वीर सहिदहरूले लामो-लामो
सास तान्दैछन् ।

प्यारो लाग्यो त्यो विशाल छाती
सलल बग्न थाल्यो रगत छातीमाथि
कोखबाट जन्मे पनि मृत्यु भयो यसैमाथि
चोक्टा चोक्टा शरीरबाट प्राण त्यागी
राष्ट्रमा दीर्घ शान्तिको कामना मागी
सहिदहरूको सपना पूरा गर्नको लागि
तिमीसँगै मर्ने भयो अर्को एउटा साथी ।

BY: यात्री शेखर (टकुवा मोरङ, हाल सुनसरी)
मान्छे भित्र मान्छे

एउटा फुक्को मुस्कानसंग रमाउनेहरु
भो नबोल अब म संग
भित्री वेदना नबुझी बाहिरी अबरण हेरेर तर्सनेहरु
भो नजिक नबन अब म संग
बनाउनु छ तिमीहरुले आफ्नै संसार भने
किन मसंग हातेमालो गर्न खोज्छौ
मार्मीकता बुझ्ने कोसीस छैन भने
किन सम्बन्धको नाटक रच्छौ ।
याहा बग्रेल्ती छन् कथाहरु
चाङ का चाङ छन व्यथाहरु
बेदना बोक्नेको जमात को त कुरा छाडौ
धैरै छन मन टुटाएर बाँच्नेका गाथाहरु
रगतको खोला बग्दा हर्ेर्नेको भिड छ
चुराहरु फुटालीदा रमाउनेको जमात छ
टुहुराको चिचयाहटको वेदना सुन्दैन कसैलेर्
र्निदयी र ढुङ्गे मनहरुको समाज छ
मानवताको रंग बोकेका मान्छेहरु
स्वार्थ पर्ुर्तिकालागी रगतको होली खेल्छन याहा
लडाइमा छन सबै आ-आफ्नै स्वार्थ पुरा गर्ने
ग्राहो छ याहा मान्छे भित्र मान्छे पाउन ।

सङ्गीत आयाम
उस्तै छ

मनका एकान्तका तलाउमाझ
अनायासै तरङ्ग उठ्छ
लाग्छ कुनै अतृप्त रागले
सङ्गीतका कर्णप्रिय
स्वर पाएको छ
सम्बन्धका सीमा
कृत्रिम बगैंचाका स्पर्शभित्र
जब कतै सन्त्रस्त रुन्छ
लाग्छ फेरि कुनै मौसम
छरपस्ट हुँदै मरेको छ
मृत संवेदनाहरूको
देश उस्तै छ
मान्छेका अभिशप्त कथा
फेरि असङ्ख्य शिलालेखहरूमा
उसरी नै लेखिन्छन्
कहीँ पुग्न नसकिने
यात्रा उस्तै छ
मान्छेका शापित उमङ्गहरू
फेरि अनन्त बाटाहरूमाझ
फेरि उसरी नै भेटिन्छन्
यातनाका श्रृङ्खला उस्तै छन्
यातनागृहभित्र परेका मस्तिष्कहरू
प्रताडित उस्तै छन्
बलात्कृत सपनाहरूका
चिहान उस्तै छन्
सपना देख्ने आँखाहरू
प्रतिबन्धित उस्तै छन् ।
परिवर्तनका लागि
लड्ने हातहरूमा
फेरि पनि थमाइएको
रित्तो रित्तो मौनता छ
अपरिभाषित अर्थहरूकार्
अर्थहीन र्स्पर्शहरू उस्तै छन्
कालो साम्राज्यको विरुध्दमा
उज्यालो खोज्दै पाइलाहरू
गतिशील हुँदा नहुँदै
चर्को हस्तक्षेपको कारण
उत्साहित बिम्बहरूका
असामयिक मरण उस्तै छन्
पुरानो रक्सी छचल्किरहने
नयाँ बोतल उस्तै छ
छेपारोले फेर्ने
रङ्गको कथा उस्तै छ
अँगेनामा कहिल्यै बल्न नसकेको
आगोको भर उस्तै छ
हिड्दा हिड्दैका पाइलालाई
अपहरणको डर उस्तै छ ।
उपचार नपाएर कुनै रोगी
जब सडकमा लड्छ
समयले फेरि एकपल्ट
देश थला परेको
र्सगर्व घोषणा गर्छ
कुपोषणले खाएको अनुहारलाई लिएर
जब पोष्टमार्टम शुरु हुन्छ
समयले फेरि एकपल्ट
देश भोकमरीमा परेको
तात्तातो समाचार र्छछ
शताब्दीयौंदेखिको
रीत उस्तै छ
मान्छेले मान्छेलाई गर्ने
प्रीत उस्तै छ
इतिहास लेख्ने कलमको
गीत उस्तै छ
कुर्सीप्राप्त गर्दाको
जित उस्तै छ ।

BY: उमेश राई 'अकिञ्चन' (विराटनगर)
'म बाँचे भने भगवान मर्छ'


एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता

छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !

विपरित बहिरहेछ हावा
उल्टो फरफराइरहेछ झण्डा
फर्काउ
पानको पात पाइला नाघेर
सिमाना काटिरहेका
घामलाई

कि त रोएर
कि त हाँसेर सकिने
जिन्दगीलाई
यसरी जोड
ए दार्शनिक !

पुथ्वी घुमे जस्तो
फेरि फेरि
नदोहोरियोस्

कलिलो फूलको गुनासो

'म मरे भने भगवान बाँच्छ
म बाँचे भने भगवान मर्छ' ।

________आमा________
आमा म कती अभागी छु है, तिम्रो न्यानो मायालु काख बाट बन्चित भयर धेरै टाढा पुगेको छु!
मन त थियो आमा तिम्रै काखमा खेल्ने रमाउने जिन्दगी हासी हासी बिताउने! तर दैब को लेखा भनु या कर्मको खेल या त आफ्नै परिस्थिती आमा तिमी बाट धेरै टाढा टाढा पुगेको छु!
म सानो छदा आमा तिमी ले कती दु:ख पायो मुखमा हालेको गास पनि छोरा सम्झी आहा छोरा भोकै छ् भनी मेरो लागि साच्योउ!अनेकोउ परिस्थिती सँग सामना गरी अहिले मलाई यत्रो ठुलो संसार चिनायोउ!
तर... आमा तिमीलाई अहिले मेरो साहराको जरुरत छ् आफ्नो छोराको मायाको आबसेक छ्!
तर के गर्नु आमा तिम्रो साहाराको लाठी मायाको पोको अहिले धेरै टाढा टाढा पुगेको छ्!
यसै करण आमा म धेरै अभागी छु!!
आमा.....तिमीलाई सम्झिदा यो संसार नै सानो लाग्छ !!

NEXT

_______I..LOVE..U_______
Love Don't Ask "Who Are You?"
Love Only Says "You Are Mine !"
"People need love the most when they deserve it the least."
Love Don't Ask " Where Are You From?"
Love Only Says "You Lives In My Heart !"
"When you wake up in the morning, kiss your loved one on the forehead and wish them a good day."
Love Don't Ask "what Do You Do?"
Love Only Says "You Make My Heart To Beat !"
"Love from one side hurts, but love from two sides heals."
Love Don't Ask "Why Are You Faraway?"
Love Only Says "You Are Always With Me !"
"I would give up everything for one moment with you;
For one moment is better than a life time of never knowing you."
Love Don't Ask "Do You Love Me?"
Love Only Says...
I LOVE U.....I..L..O..V..E..Y..O..U

NEXT

____मुक्तक____
माया के हो? कहाँ कसलाई गरिन्छ किन?
तडप के हो? रमाउछन रुन्छन किन यहाँ?
मिलन के हो? बेर्थै कल्पनामा डुबाइ दिन्छ किन?
मन के हो? भुत,बर्तमान,भबिसे मात्र सोच्छ किन?
अनी
साहारा के हो भन्छन यो बिना चल्न सक्दैन रे डुनिया यहाँ!!
रचना: राज सावा (कोरिया)
ID: bnnswt@yahoo.com

NEXT


___तिम्रो निम्ती_____
जब तिमी पराइ घर भित्रन्छोउ!
त्यही बेला म मुर्दा भइदिनेछु!!
तिम्रो त्यो दाम्पत्य मिलनको हासोमा!
म एक्लो भई मसानघाट गैदिनेछु!!

NEXT

_______चोट बल्झाइदियौ_______
भेटेको के थिये तिमीले हराइदियौ
नाम नलिदै बदनाम मलाई गराइदियौ!

विश्वाशको दियो निभाइ तिमीले
मेरो जिन्दगी अध्यारो बनाइदियौ!

साथ चल्ने बाचा हजार गर्थ्यौ
आज एक्लो मलाई बनाइदियौ!

दुखेको थियो त के,सहेकै थिए
दया देखाइ क्षणभर सुम्सुम्याइदियौ!

मल्हम लगाउने झूठो बहानामा
यो चोट फेरि बल्झाइदियौ!!
यो चोट फेरि बल्झाइदियौ!!
रचना: कुमार थापा (इराक).....अभागी
ID: kuamarthapa83@yahoo.com

NEXT

_______यो मेरो जिन्दगी________
सदा-सदा रोदनको पिडामा बचेँको यो मेरो जिन्दगी
तिम्रा भु.पु मायाको आशामा बचेँको यो मेरो जिन्दगी!
आशा थियो जीवनभर साथ मैले पाउछु भन्ने
बसन्त पर्खाइमा नै हासेको यो जिन्दगी!

हाम्रो नाता मोउलाउन सक्छ भन्ने बिचार थियो
सुर्यमुखी पुष्प जस्तै नाछेको यो मेरो जिन्दगी!
यो मेरो माया प्रती स्रदाभक्ती राख्छोउ भने
तिमै लागि हो भनेर साछेको यो मेरो जिन्दगी!

जनम-जनम बाचोउ भन्ने अस्तित्वलाई सक्छी राखी
तिम्रै लागी घुम्टो भित्र साचेको यो मेरो जिन्दगी!
रचना: राम प्रशाद पन्त (अन्जान बन्बासी) (इराक)
ID: anjan_banbasi@yahoo.com

NEXT


____मेरो अनुरोध____
मेरो अनुरोध अलिकती पिये हुन्छ!
आफु सँगको कला अरुलाई दिये हुन्छ!!
कती लिइन भाईन्छ हगी नशामा..?
लछ्य बिर्सी त्यसको मजा लिय हुन्छ!!
ए हजुर आदर्श अब धेरै भएन र...?
फट्दै हुनु हुन्छ भने अफुलाई सिय हुन्छ!!
नशा त बोतलमा होइन रिल्याक्समा नपिन्छ रे!
अली थपुकी कम्पिटिसनमा गय हुन्छ!!
जीवनको के भरोसा ? कि कसो साथी
साथीको जमघटमा आज बेहोस् भय हुन्छ!!
नसाको जोश नै होस गुमाउनु होइन र...?
तालमा जे भये पनि हजुरले शाहे हुन्छ!!

NEXT

______तिम्रो यादमा_______
म पलपल तिम्रो याद बाँचेको छु
भित्र जति दन्केपनि बाहिर हाँसेको छु
स्मृतिको फूलवारीमा प्रितका फूल फुलाई
तिम्रो लागि मैले यौटा माला गाँसेको छु
मनमा मेघ जति गर्जे पनि
माया यो मनमा धेरै साँचेको छु
झुठै किन नभनोस कोहि
तिमी आउने आसमा म बाँचेको छु ।।

NEXT


____PoeM____
Do you know I love you
That each and every day
I wake up with the thought of you
Within my heart you stay

See me as I smile at you
With love I want to share
Awakening in dreams of love
Forever you are there

Hear the words I whisper
Though they're in my heart
Echoes of these thoughts I have
My eyes will now impart

See the glow as you come by
The joy that lives in me
I wear my heart upon my sleeve
So great the hope you'll see

Each night before I go to sleep
You are on my mind
Smile pursed sweetly on my lips
My heart in yours entwined

Say that you will feel this love
Wherever you may go
Upon my heart I carry you
Like waves of ocean flow..!!
Creation: RiTa Thapa

NEXT


_____गीत_____
केटा: कुन दिन भेट भयो साथ् साथ् छुट्न गर्हो भो
कुन शाहीतमा नजर जुध्यो माया बस्यो हाम्रो!!
केटी: जुन दिनमा नजर जुध्ये जुन शाहीतमा मन
जुन तनले मलाई रोज्योउ मनले खोज्योउ तन!
मिउजिक.............
केटी: सजिन्छु म तिम्रै नाममा पल पल गनी गनी
टोलाई बस्छु गोरेटोमा तिमी आछोउ भनी!!
केटा: चन्द्र सुरिय साची राखी तिमीलाई भेट्न आउछु
मन मन्दिरको दोली चाढाइ तिमीलाई लैजान्छु!!
....(कुन..............
......जुन..........(koras vocal) ...मिउजिक
केटा: मन्द मन्द मुस्कान तिम्रा चन्द्र जोती मुहार
जनम जनम माया दिन्छु देउन तिमी मेरो साथ!!
केटी: पवन बनी उडाइ लैजाउ बादलुको देशमा
जनम जनम साथ दिन्छु मायालुको भेसमा!!
केटाकेटी: (कुन दिनमा ............
कुन शाहीतमा .... ......
रचना: राज सावा (कोरिया)
ID: bnnswt@yahoo.com

NEXT

"People who love you
people who you love back
people that will always be there for you
through the good times and the bad
they make you happy when you are sad
they are angels that have yet to earn their wings
they are your dearest friends"

NEXT

_____जोक्स_____
एउटा पागल खानामा धेरै किसिमका पागल हरु थिए,अनी त्यसमा एउटा यस्तो पागल थियो जसले दिन रात यउटा सेतो पर्खाललाई मात्र हेरीरहन्थ्यो,,, अनी त्यो पागल खानामा यउटा डाक्टर जाच गर्न पागलहरु लाई भेट्ने गर्दथ्यो,, धेरै समय सम्म त्यो डाक्टर पागल खानामा आउने जाने गर्दथ्यो,, डाक्टरले सबै पागल हरुलाई हेर्दथ्यो,,तर त्यो पागल ले आखिर त्यो सेतो पर्खालमा के हेर्छ त भनेर डा, लाई जान्न मन लाग्यो,, अनी एक दिन डा, जाच्ने क्रममा पागल खाना आयो, त्यो पागल सधैं झै त्यो सेतो पर्खाललाई हेरी बसेको थियो, अनी डा, त्यो पागलको छेउमा गयो अनी बिस्तारो कोट्यायो अनी भन्यो डा, ओ,,, यो सेतो पर्खालमा के छ् र किन यतिका समय देखी हेरी बसेको? छोड् म हेर्छु, पागलले सुनेन डा,को कुरा उ त्यो पर्खालमा हेरिनै रह्यो, अनी डा, लाई अलिक रिस उठेछ पागल सँग अनी डा, ले जोरले पागललाई धक्का दियो अनी त्यो पागल अलिक पछाडी सर्यो अनी डा, ले हेर्यो त्यो पर्खालमा पर्खाल म केही थिएन डा,लाई अचम्म लाग्यो अनी हासो आयो अनी हासेर पागललाई भन्यो, ओ यो पर्खालमा केही पनि रहेनछ त आखिर के हेरेर बसेको त ह? यतिक समय सम्म, अनी पागलले डा, लाई जोरले एक झापाड दियो गालामा अनी हासेर भन्यो मैले यो पर्खालमा हेरेको कतिमा छ् महिना जती भयो तर अझ सम्म के पनि देखेको छैन भने तैले हेरेको दस सेकेनड भयको छैन कसरी देख्छस त हा?....
रचना: राज सावा (कोरिया)
ID: bnnswt@yahoo.com

NEXT

..........मेरी प्यारी बिजुली...........
गाउँले यात्री! समयले यस्तै पार्‍यो यो गाउँलेलाई शहर झार्‍यो शहर झरेकै पहिलो साँझ तिम्रो मेरो भेटघाट भयो पहिलो भेटमै आँखा जुध्यो मायापिरम गाढा भयो तर आज त्यै मायाले जीवन मेरो आधा भयो गाउँमा हुँदा एक्लै थिएँ लालटिन टुक्की साथी थिए साँझ परेसी उनैसंग बातचित गर्दै रमाउँथे शहर झर्दा पहिलोचोटी हराएँ तिम्रो चमकमा लात मार्दै टुक्की लालटिन पुगे तिमै्र सरणमा तर आज त्यही शरणले आधा जीवन मरण भो रातीराती बेलाकुबेला हराउँछ्यौ तिमी अचेल कुन पापीको आँखा पर्‍यो रुवाउँछ्यो मलाई अचेल सुन्दैछु म कताकता हरेक दिन तिमीलाई लिन लोडसेडिङ आउँछ अरे लोडसेडिङको नालीबेली सरकारसंग जोड्याछ रे सुनाउँछन् संगीहरु सरकार नी लाउडे नेता तिम्रो देह बेच्दैछन् रे हप्ता दिनको ३६ घण्टा विदेशतिर बेच्दैछन् रे हेर्दाहेर्दै जब तिमी आप\mनो बाटो तताउँछ्यौं चोर गुण्डा र बदमासले हाम्रो थाप्लो ठटाउँछन् बलात्कारी व्यभीचारी जुका जस्तै सल्बलाउँछन् अन्धकार मझेरीमै सपना सारा हराउँछन् त्यही मौका छोपी कालीमोरी गाउँलेलाई जिस्काउँछिन् आए पनि कहिले काही उदास उदास देख्छु तिमीलाई धुमिल धुमिल तिम्रो मुहार भन कसले चुस्यो तिमीलाई राती भाग्ने दिउँसो आउने तिम्रो कस्तो खराब बानी कहिले होला हट्ने भनन मेरी प्यारी बिजुली!
बसौ एकछिन तिमीहामी मिल्छ भने सल्लाह गरौं नत्रभने खोज्दै हिँड्छु लालटिन टुक्कीदानी!


NEXT

Dreams are a big part of our Lives
and You must do whatever it takes
to make them a Reality;
by the plans you make,
the course you take,

and the things you do.
Don't dwell on past mistakes.
Leave yesterday behind,
along with all it's problems,
worries and doubts.

Realize you can't change the past,
but you can start a new tomorrow.
Don't try to do everything at once;
take one step at a time,
Don't ever be afraid to try the Impossible
no matter what others may think.
Remember you are Unique
in your own special way...

NEXT

joks
Millionaire: "I owe everything to my wife."
Interviewer: "Wow, she must be some woman.
Interviewer: "What were you before you married her?" Millionaire: "A Billionaire"
लोग्ने स्वास्नी बिहे गरेको पहिलो बर्ष लोग्ने बोल्छ र स्वास्नी सुन्छे दोश्रो बर्ष स्वास्नी बोल्छे , लोग्ने सुन्छ तेश्रो बर्ष दुबै बोल्छन् र छिमेकी सुन्छन्
A person who surrenders when he's WRONG, is HONEST.
A person who SURRENDERS when not SURE, is WISE..
A person who surrenders even if he's RIGHT, is a HUSBAND.!

NEXT

तिमी सम्झना भित्र आएर जाऊ र
जाँदा नजर ती जुधाएर जाऊ
तिमी साथ छाडी कतै दूर जाँदा
नशाको घुट्को पिलाएर जाऊ
म बस्नेछु तिम्रो प्रतिक्षा गरेर
कसम फर्किने आज खाएर जाऊ
म हाँस्नेछु आफैं संगालेर पीडा
तिमी याद सारा दिलाएर जाऊ
म भर्नेछु संगीत यो जिन्दगीको
तिमी सक्छ्यौ गीत गाएर जाऊ!!

NEXT

..........चुट्किला............
एक दिनको समय थियो!बलिउडक चर्चित नायक शारु खान र ओसमाबिन लादेनको कथामान्डुमा भेटभयो र ओसमाबिन लदेनले
खान लाई सोध्यो:
लादेन: के छ् शारु बर्तमान हाल खबर....?
शारु: (झट भन्यो)कभी खुशी,कभी गम!अनी तिम्रो नि...?
लादेन: (भन्यो)कभी गोली कभी बम!..हा..हा..हा

NEXT

________गजल_______
पवन भरि तिम्रो माया सास भै घुल्छ म मा अंग अंग हरेक अंग रगत बनि डुल्छ म मा
कली तिमी बसन्तको वाग भरि मुस्कान भर्दा तुसारोले चुटेको मन किन आज फुल्छ म मा
नजानिदो ढंग बाट कुन्नी के आई बस्यो मनमा उत्छवास कि चाहना हो आजकल भुल्छ म मा
रङी बिरगींको दुनियामा मेरो भागमा के पर्छ कुन्नी पुरानो खोट भुल्दै जाने नया जूगको रुल्छ म मा!!

NEXT

_____रोएँ____
तिमी जाँदा दुख्यो छाती दुखेको तोडमा रोएँ
म रोएँ जिन्दगीको यो अनौठो मोडमा रोएँ
चल्यो आँधी लग्यो सारा खुशी मेरो उडाएरै
गरी नाटक् रमाएको, म ज्यूँने होडमा रोएँ
गरेँ मैले हिसाबै यो अपूरो त्यो कहानीको
घटाऊमै म रोएँ है, म कैले जोडमा रोएँ
कहाँ पुग्ने कसो गर्ने कसोरी पो छिचोल्ने खै ?
अँधेरीमै हराएँ लौ, र एक्लै रोडमा रोएँ!!

___________________________
_____VIkram Thapa____________