www.mynpl.blogspot.com ---- विक्रम थापा

समाचार पाना

तमलोपाद्वारा संसद पुनः बहिष्कार
कपिलबस्तुमा आफ्नो पार्टीका कार्यकर्ताको हत्या भएको घटनालाई सरकारले गम्भीररुपमा नलिएको बताउदै तराई मधेस लोकतान्त्रिक पार्टीका सभासदले बिधायिका संसद बैठक पुनः बहिष्कार गरेका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका सभासदहरुले चौथो दिन पनि बिधायिका संसद बैठक बहिष्कार गरेका छन् । कार्तिक ६ गते संसद बैठक सुरु हुनासाथ तमलोपा सभासद जितेन्द्रप्रसाद सोनलले कपिलवस्तुमा आफ्नो पार्टीका कार्यकर्ताको हत्या भएको घटनालाई सरकारले गम्भीररुपमा नलिएको बताउनासाथ तमलोपाका सबै सभासदले रोष्टम नजिक गएर नाराबाजी गरेका थिए ।
तमलोपा सभासदहरुको बहिष्कारपछि संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका सभासद डा. प्रकाशशरण महतले शान्ति तथा संविधान निर्माण प्रकृया सहमतीबाट गर्नुपर्ने भए पनि माओवादी नेतृत्वको सरकारले शान्ति प्रक्रियालाई सहमतिमा अघि बढाउन बेवास्ता गरेर बिथोल्न खोजेको दावी गरे । शान्ति समितिलाई द्वन्द्व समितिमा परिणत गर्ने काम सरकारले गरिरहेको उल्लेख गर्दै महतले सरकारले यस्ते गरिरहे कांग्रेस कुनै समितिमा सहभागि नहुने तथा विनियोजन विधयेक पारित गर्न नदिने चेतावनी दिए । संसद बैठकमा विनियोजन विधयेक अन्तर्गत कानून, उद्योग, कृषि, सूचना, जलश्रोत, भौतिक योजना, र रक्षा मन्त्रालयका विभिन्न शीर्षक माथि छलफल गर्ने कार्यक्रम छ । आजको बैठकमा १ सय ३० जना सभासदले बोल्ने कार्यक्रम छ!


विस्फोटमा तीनको मृत्यु

शिव पुरी
रौतहट, असोज २८ - महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर चोकमा मंगलबार भएको बम विस्फोटमा एक महिला र दर्ुइ नाबालकको मृत्यु भएको छ । घटनामा चार घाइते भएका छन् ।
घटनापछि राति अबेरसम्म पनि चन्द्रनिगाहपुर चोक तनावग्रस्त छ । राजमार्गमा सवारी अवरुद्ध छ । स्थानीयवासी र मृतकका आफन्त विरोध जनाउ“दै नारा-जुलुस गरिरहेका छन् । शव उठाइएको छैन । आक्रोशित स्थानीयवासीले फलफूल पसलेका ठेला जलाइदिएका छन् । पसल, होटल र लजहरू तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी एक घाइते भएका छन् । अपराह्न चार बजेर दस मिनेट जा“दा भएको विस्फोटमा जुडिबेला-३ की शिला सिजाली मगर, उनका दर्ुइ वषर्ीय छोरा सृष्टि र शिलाका दाजुका छोरा तीन वषर्ीय दिवस थापाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै बारा गन्ज भवानीपुरका पन्नालालप्रसाद, र्सलाही राजघाटका छवीन्द्र केसी, रौतहटको कर्कच कर्मैयाका सुखलदास तत्मा र अस्लाइन पटेल गम्भीर घाइते छन् । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र निगाहपुरमा उपचार भइरहेको छ ।

आक्रोशितले तोडफोड र आगजनी गर्न थालेेपछि घटनालाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी जुडिबेलाका दीपक मैनाली गम्भीर घाइते भएका हुन् । छातीमा गोली लागेका उनलाई उपचारका लागि वीरगन्ज लगिएको छ । घटनाको तर्राई आर्मी र तर्राई राष्ट्रिय मुक्ति सेनाले संयुक्त रूपमा जिम्मा लि“दै सञ्चारकर्मीलाई टेलिफोनबाट जानकारी दिएका छन् । तर्राई आर्मीले चन्द्रनिगाहपुरमा विस्फोट गराएको यो चौथोपटक

हो । स“गै रहेका मृतक शिलाका पति तिलकबहादुर बच्चाका लागि चाउचाउ किन्न नजिकै पसलमा गएका बेला विस्फोट भएकाले उनी सकुशल छन् । दसंैको अन्तिम दिन उनी परिवारसहित बारा, सिमरा ससुराली हि“डेका थिए । सिजाली परिवार बसको प्रतीक्षा गरिरहेका बेला विस्फोट भएको थियो!

बिनास्वीकृति चिठ्ठा सञ्चालन
यलु जोशी

काठमाडौ, कात्तिक ६ गते । सरकारले स्वीकृति नदिएपछि राजधानीमा अधिकांश चिठ्ठा कार्यक्रम स्वीकृतिबिना नै सञ्चालनमा आएका छन् । कानुन अनुसार चिठ्ठालगायतका कार्यक्रम सञ्चालन गर्न सरकारको स्वीकृति चाहिन्छ ।

राजधानीका थुप्रै स्थानमा बिनाअनुमति चिठ्ठा सञ्चालन भए पनि सरकारले त्यसको अनुगमन समेत गरेको छैन । चिठ्ठा सञ्चालनका लागि अनुमति नदिए पनि सरकार आफैले गुनासो आए मात्र अनुगमन गर्ने जवाफ दिएको छ ।

चिठ्ठा सञ्चालकहरूले पनि सरकारले चिठ्ठा सञ्चालनका लागि अनुमति नदिएको बताएका छन् । उनीहरूले अनुमति माग्दा नदिएपछि बाध्य भएर चिठ्ठा कार्यक्रम सञ्चालन गर्नुपरेको बताएका छन् ।

धर्मपथ युवा क्लबका अध्यक्ष कृष्णप्रसाद साहीले जिल्ला प्रशासन कार्यालय काठमाडौामा चिठ्ठा कार्यक्रमका लागि स्वीकृति लिन गए पनि बेवास्ता भएको बताउनुभयो । "अनुमति लिन गएका थियौा, प्रशासक पनि सही समयमा आएनन्, अनुमति पनि दिएनन्, त्यसपछि बाध्य भएर अनुमतिबिना नै चिठ्ठा कार्यक्रम सञ्चालन गर्‍यौा", उहााले जानकारी दिनुभयो ।

मच्छिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीले पनि त्यही गुनासो दोहोर्‍याउनुभयो । उहााले एक महिनाका लागि मात्र चिठ्ठा कार्यक्रम सञ्चालन गरिने भएकाले स्वीकृति नदिने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौाका प्रशासकीय अधिकृत प्रदीप निरौलाले चिठ्ठा कार्यक्रम सञ्चालनका लागि स्वीकृति नदिएको बताउनुभयो । चिठ्ठा, टिकट कार्यक्रममा विवाद हुने भएकाले पनि स्वीकृति दिइएको छैन, उहााले जानकारी दिनुभयो ।

उहााले चिठ्ठा कार्यक्रमको अहिलेसम्म अनुगमन नगरिएको समेत खुलेर बताउनुभयो । विवाद आएपछि र विवादमा कसैले निवेदन दिए मात्र छानबिन र कारबाही गर्ने हो, त्यसअघि हामी केही गर्दैनौा उहााले बताउनुभयो ।

चिठ्ठा कार्यक्रमका आयोजकले यसपटक उठाइने रकम सामाजिक काममा खर्च गर्ने बताएका छन् । मच्छिन्द्र क्लबका अध्यक्ष कपालीले टिकटबाट फाइदा हुने रकम रक्तदान, भजनकीर्तन लगायतका काममा खर्च गर्ने बताउनुभयो । उहााले केही रकम फुटबल खेलमा समेत खर्च गरिने जानकारी दिनुभयो ।

चिठ्ठा कार्यक्रमबाट यो वर्ष सात/आठ लाख रुपियााको फाइदा गर्ने लक्ष्य राखिएको उहााले बताउनुभयो । धर्मपथ यवा क्लबका अध्यक्ष साहीले चिठ्ठामा फाइदा भएको रकम बाढीपीडितको सहयोगार्थ खर्च गरिने बताउनुभयो । उहााले टिकट बिक्री गरेबापतको पााच प्रतिशत रकम बाढीपीडितका लागि छुट्टाइएको बताउनुभयो ।

उहााले चिठ्ठा कार्यक्रमबाट संस्कृतिको रक्षा हुने र मनोरञ्जन पनि हुने बताउनुभयो । धर्मपथ युवा क्लबले चिठ्ठा कार्यक्रममा करिब सात लाख रुपियाा बराबरको सामान राखेको जानकारी पनि उहााले दिनुभयो

मच्छिन्द्र क्लबका कपालीले तीन हजारदेखि दुई लाख ६५ हजार रुपियाासम्म पर्ने १२ लाख रुपियााका सामान उपहारमा राखिएको बताउनुभयो ।

दसैा-तिहारको संस्कृति र परम्पराको रक्षा गर्न तथा मनोरञ्जन र सामाजिक क्रियाकलापका लागि राजधानीमा विभिन्न ठाउामा चिठ्ठा कार्यक्रम सञ्चालनमा छन् । धेरै स्थानमा यस्ता टिकटको मूल्य ५० रुपियाा राखिएको छ भने पुरस्कारको रकम लाखौा रुपियाामा राखिएको छ ।

अझै 'श्री ५ महाराजाधिराज'
सरोजकुमार आचार्य

काठमाडौा, असोज २८ गते । पूर्वराजा ज्ञानेन्द्र र शाही परिवारका नाममा रहेका जग्गाजमिन र वन नेपाल सरकारले राष्ट्रियकरण गरे पनि मालपोतको मोठ स्रेस्ता र नापीको फिल्डबुकमा भने स्वामित्व परिवर्तन भएको छैन । मोठ स्रेस्तामा 'श्री ५ महाराजाधिराज' शब्द कायमै छ ।

जग्गाजमिन र वनको लालपूर्जा पूर्वराजाकै साथमा रहेकाले लालपूर्जा सरकारले प्राप्त नगरेको बताइन्छ ।

यो अवस्था लामो समयसम्म रहिरहादा लालपूर्जावालाले उक्त सम्पत्ति बिक्री-वितरण, धितो बन्धक तथा अन्य प्रकारले हस्तान्तरण गर्नसक्ने सम्भावना छ ।

कानुन व्यवसायी विदुरविक्रम थापा स्रेस्ता मोठमा नेपाल सरकार कायम नभई स्वामित्व साविक अवस्थामै रहादा कर्मचारीसागको मिलेमतोमा पूर्जावालाले जग्गा अन्यत्र हस्तान्तरण गर्नसक्ने अवस्था रहेको बताउनुहुन्छ ।

हस्तान्तरणको सम्भावनातर्फ सङ्केत गर्दै हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख रत्नकुमार अधिकारी भन्नुहुन्छ- हनुमानढोका दरबार र चर्चेका जग्गाको धनीपूर्जा अड्डासाग छैन, धनीपूर्जा पूर्वराजाकै साथमा छन् ।

हनुमानढोका क्षेत्रमा ४५ रोपनी १५ आना बढी जग्गा राजा र उनका परिवारका नाममा छ । यसैगरी, वडा नं. १ काठमाडौाको नारायणहिटी र त्यसले चर्चेको नापी नक्सा नं. १०२, १०६५ र १०२, १०६४ का कित्ता नं. १४, ११, १२, १३, १४, १, २, ३, ६ र ९ तथा कित्ता नं. १० र १५ का ७५४ रोपनी ८ आना ३ पैसा १ दाम जग्गाको फिल्डबुक तथा मालपोतको मोठ स्रेस्तामा 'श्री ५ महाराजाधिराज राजदरबार कम्पाउण्ड कायम' जनिएको हाल यथास्थितिमा नै छ ।

यी जग्गाबाहेक गोरखा दरबारको ६२१ रोपनीभन्दा बढी, पाटनको २० रोपनी बढी, भक्तपुर दरबारको १४ रोपनीभन्दा बढी, लमजुङ ६१ रोपनीभन्दा बढी जग्गाको स्वामित्व साविकबमोजिम नै कायम छ ।

रत्न मन्दिर पोखरा १७४ रोपनीभन्दा बढी, हेटौाडामा १६ रोपनी, नागार्जुनमा ७९ रोपनीभन्दा बढी, गोकर्णमा ५० रोपनी बढी, नुवाकोटमा १४ रोपनी बढी तथा लमजुङमा ६१ रोपनी बढी जग्गाको लालपूर्जा पूर्वराजाकै साथमा छन् ।

धादिङको ज्यामरुङ्ग दरबारको विवरण भने पूर्वराजा तथा उनका तत्कालीन पदाधिकारीले अझै सार्वजनिक गरेका छैनन् ।

ज्यामरुङ्ग दरबारका उपत्यकामा अझै सयौा रोपनी जग्गा रहेको सम्बद्ध स्रोतले बताएको छ । एक मालपोत अधिकृतले आˆनो परिचय नखुलाउन अनुरोध गर्दै पूर्जा पूर्वराजाकै साथमा रहेको हुादा जारी पूर्जा नखिची मोठ स्रेस्ता संशोधन कार्य गैरकानुनी हुने बताए ।

नेपाल सरकारले राष्ट्रियकरण गरेका सम्पत्तिमा संशोधन गर्न औपचारिक पत्र नआएको पनि तिनले बताए ।

कानुन व्यवसायी थापा भन्नुहुन्छ- पूर्जा नेपाल सरकारका नाममा कायम भएपछि मात्र जग्गाका सम्पत्तिका आयस्ता सरकारले लिन पाउाछ । मोठ, स्रेस्ता र पूर्जा फिल्डबुक संशोधन हुन कानुनीरूपमा अति आवश्यक छ- उहाा भन्नुहुन्छ ।

यसअघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा गठित एक समितिले ०६४ साल साउन २९ गते जग्गाको स्वामित्व फेर्ने, कर्मचारी व्यवस्थापन तथा दरबारका आय राजस्वमा जाने निर्णय गरेको थियो ।

सोही निर्णयलाई तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको तत्कालीन विभिन्न मन्त्री सम्मिलित एक समितिले निर्णय अनुमोदन गरेको थियो ।

बिस्फोटक पदार्थ बिक्री नगर्न आग्रह
गोरखापत्र समाचारदाता

काठमाडौा, कात्तिक ६ गते । गृह मन्त्रालयले विभिन्न किसिमका पटाका, भूईंचम्पा, आतिसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थहरूको बिक्रीवितरण र प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ ।

सो अनुरोधको उल्लङ्घन भएमा कानुनबमोजिम कडा कारबाही हुने गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विभिन्न किसिमका पटाका, भूईंचम्पा, आतिसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थहरूको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, अङ्गभङ्ग हुने, जनधनको क्षतिसमेत हुनसक्ने भएकाले त्यस्ता पदार्थको प्रयोग र बिक्री नगर्न भनिएको छ ।

बस दुर्घटनामा सत्ताईस भारतीय पर्यटक घाइते
तनहु समाचारदाता


दमौली, कात्तिक ६ गते । पोखराबाट काठमाडौा पशुपतिनाथको दर्शनका लागि जाादै गरेको एक यात्रुबाहक पर्यटक बस बुधबार १२ः४० बजे तनहुामा दुर्घटना हुदाा २७ जना भारतीय पर्यटक घाइते भएका छन् ।

डब्लूबी १९ ए ४३६४ नम्बरको भारतीय बस पृथ्वीराजमार्गको दमौली-डुम्रे सडकखण्डको घाासीकुवा-१ बेलभञ्ज्याङमा ब्रेकफेल भएपछि दुर्घटनाग्रस्त भएको थियो ।

गम्भीर घाइते भई पोखरा पाठाइएका घाइते पर्यटकहरूमा दुर्गा माथुर, विजाल भोस, सरिता चक्रवर्ती, मीरा सरकार, चिन्त महतो, ममता कोल र रिता दे रहेका छन् । सो बसमा सवार सबै यात्रु भारत पश्चिम बङ्गालका रहेका छन् ।

एमाले भेलाः नेतृत्वप्रति असन्तुष्टि
बुटवलमा फागुन पहिलो साता पार्टीको आठौं महाधिवेशन गर्ने मूल निश्कर्ष निकालेको एमाले राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरेको छ ।


? ??????? ???? | ११:५९ मा पोष्ट गरिएको
प्रिन्ट ईमेल सम्पादकलाई चिट्ठी अक्षरको आकार: | |
बुटवलमा आठौं महाधिवेशन गर्ने निर्णय गर्दै एमालेको राष्ट्रिय कार्यकर्ता भेला सकिएको छ । फाल्गुण ५ गतेदेखि हुने महाधिवेशनका लागि असोज ३० र कार्तिक १ गते राजधानीमा भएको दुई दिने भेलाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीको संयोजकत्वमा ६१ सदस्यीय मूल व्यवस्थापन समिति पनि निर्माण गरेको छ । एमाले प्रचार बिभाग सदस्य तथा भेलाका सहभागि भानुभक्त ढकालका अनुसार, एक हजार अगुवा कार्यकर्ता सहभागि भेलाको मूख्य उपलब्धी भनेको पार्टी महाधिवेशन फागुनमै हुने पुनर्पुष्टि गर्नु हो । एमाले केन्द्रीय कमिटीको बैठकले यसअघि महाधिवेशनलाई मंशीरबाट फागुनमा सारेको थियो ।

वैधानिकरुपमा नेतृत्वलाई सुझाव मात्र दिन सक्ने हैसियत रहेको एमाले कार्यकर्ता भेलाले माओवादीसँग पार्टी नेतृत्वले लिएको नीतिप्रति असन्तुष्टि प्रकट गरेको छ । भेलाले माओवादीलाई इंगित गर्दै उग्रबाम अतिवादबिरुद्ध पार्टीले एकता-संघर्ष-रुपान्तरणको नीति लिनुपर्ने सुझाव दिएको छ । यसअघि एमाले नेतृत्वले एकता-संघर्ष-रुपान्तरण-अझ उन्नत स्तरको एकताको नीति लिएको थियो । ढकाल पार्टी नेतृत्वभन्दा भेलाको दृष्टिकोण व्यवस्थित भएको दावी गर्छन् ।

कम्युनिष्ट पार्टीबीचको एकताबारे पनि एमाले भेलाले आफ्नै नेतृत्वमा एकता अभियान संचालन हुनुपर्ने दृष्टिकोण अघि सारेको छ । शान्तिपूर्ण आन्दोलनमा एमालेले खेलेको भूमिकाका आधारमा एमालेले जनताको बहुदलीय जनवादलाई धुरी बनाएर बाम एकता अभियान अघि बढाउनुपर्ने निश्कर्ष भेलाको छ । भेलाले पार्टीलाई अध्यक्षत्मक तथा बहुपदीय प्रणालीमा लानुपर्ने निश्कर्ष पनि निकालेको छ । मनमोहन अधिकारी जिवित रहँदासम्म एमालेमा अध्यक्ष पद रहे पनि अन्य पदाधिकारीको ब्यवस्था थिएन । पाँच वर्षअघि जनकपुरमा भएको सातौं महाधिवेशनमा केपी ओलीले अध्यक्षात्मक प्रणालीको वकालत गरेको थिए ।तर, महाधिवेशनले उनको प्रस्तावको बिपक्षमा फैशला गरेको थियो ।

श्रोतका अनुसार, सात समूहमा बिभाजित कार्यकर्ता भेलाको दृष्यले एमालेमा महासचिव झलनाथ खनाल पक्ष कमजोर रहेको संकेत दिएको छ । माओवादीप्रति केही नरम रहेको खनाल समूहको बिपक्षमा पूर्व महासचिव माधवकुमार नेपाल र केपी ओलीसहितको समूह एमालेमा प्रभावशाली बनेको निश्कर्ष पनि श्रोतको छ । भेलाले नेतृत्वप्रति असन्तुष्टि जनाउदै महाधिवेशनमा केन्द्रीय नेताहरु पनि चुनिएर प्रतिनिधि हुनुपर्ने सुझाव दिएको छ । यसअघि, एमालेमा केन्द्रीय सदस्यहरु आयोजकका रुपमा सोझै प्रतिनिधि बन्न सक्थे ।

एमाले भेलाः नेतृत्वप्रति असन्तुष्टि
बुटवलमा फागुन पहिलो साता पार्टीको आठौं महाधिवेशन गर्ने मूल निश्कर्ष निकालेको एमाले राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरेको छ ।

एमाले भेलाः नेतृत्वप्रति असन्तुष्टि
बुटवलमा आठौं महाधिवेशन गर्ने निर्णय गर्दै एमालेको राष्ट्रिय कार्यकर्ता भेला सकिएको छ । फाल्गुण ५ गतेदेखि हुने महाधिवेशनका लागि असोज ३० र कार्तिक १ गते राजधानीमा भएको दुई दिने भेलाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीको संयोजकत्वमा ६१ सदस्यीय मूल व्यवस्थापन समिति पनि निर्माण गरेको छ । एमाले प्रचार बिभाग सदस्य तथा भेलाका सहभागि भानुभक्त ढकालका अनुसार, एक हजार अगुवा कार्यकर्ता सहभागि भेलाको मूख्य उपलब्धी भनेको पार्टी महाधिवेशन फागुनमै हुने पुनर्पुष्टि गर्नु हो । एमाले केन्द्रीय कमिटीको बैठकले यसअघि महाधिवेशनलाई मंशीरबाट फागुनमा सारेको थियो ।

वैधानिकरुपमा नेतृत्वलाई सुझाव मात्र दिन सक्ने हैसियत रहेको एमाले कार्यकर्ता भेलाले माओवादीसँग पार्टी नेतृत्वले लिएको नीतिप्रति असन्तुष्टि प्रकट गरेको छ । भेलाले माओवादीलाई इंगित गर्दै उग्रबाम अतिवादबिरुद्ध पार्टीले एकता-संघर्ष-रुपान्तरणको नीति लिनुपर्ने सुझाव दिएको छ । यसअघि एमाले नेतृत्वले एकता-संघर्ष-रुपान्तरण-अझ उन्नत स्तरको एकताको नीति लिएको थियो । ढकाल पार्टी नेतृत्वभन्दा भेलाको दृष्टिकोण व्यवस्थित भएको दावी गर्छन् ।

कम्युनिष्ट पार्टीबीचको एकताबारे पनि एमाले भेलाले आफ्नै नेतृत्वमा एकता अभियान संचालन हुनुपर्ने दृष्टिकोण अघि सारेको छ । शान्तिपूर्ण आन्दोलनमा एमालेले खेलेको भूमिकाका आधारमा एमालेले जनताको बहुदलीय जनवादलाई धुरी बनाएर बाम एकता अभियान अघि बढाउनुपर्ने निश्कर्ष भेलाको छ । भेलाले पार्टीलाई अध्यक्षत्मक तथा बहुपदीय प्रणालीमा लानुपर्ने निश्कर्ष पनि निकालेको छ । मनमोहन अधिकारी जिवित रहँदासम्म एमालेमा अध्यक्ष पद रहे पनि अन्य पदाधिकारीको ब्यवस्था थिएन । पाँच वर्षअघि जनकपुरमा भएको सातौं महाधिवेशनमा केपी ओलीले अध्यक्षात्मक प्रणालीको वकालत गरेको थिए ।तर, महाधिवेशनले उनको प्रस्तावको बिपक्षमा फैशला गरेको थियो ।

श्रोतका अनुसार, सात समूहमा बिभाजित कार्यकर्ता भेलाको दृष्यले एमालेमा महासचिव झलनाथ खनाल पक्ष कमजोर रहेको संकेत दिएको छ । माओवादीप्रति केही नरम रहेको खनाल समूहको बिपक्षमा पूर्व महासचिव माधवकुमार नेपाल र केपी ओलीसहितको समूह एमालेमा प्रभावशाली बनेको निश्कर्ष पनि श्रोतको छ । भेलाले नेतृत्वप्रति असन्तुष्टि जनाउदै महाधिवेशनमा केन्द्रीय नेताहरु पनि चुनिएर प्रतिनिधि हुनुपर्ने सुझाव दिएको छ । यसअघि, एमालेमा केन्द्रीय सदस्यहरु आयोजकका रुपमा सोझै प्रतिनिधि बन्न सक्थे ।

जग्गाको अभावमा मुटु अस्पताल बनेन
सन्जोग आचार्य


चार वर्ष अघि ललितपुरमा बनाइने भनिएको नेपाल हार्ट सामुदायिक अस्पताल जग्गाको अभावमा हालसम्म पनि निर्माण सुरु हुनसकेको छैन । अस्पतालका लागि आवश्यक आठदेखि दश रोपनी जग्गा ललितपुरमा पाउन मुश्किल भएपछि अस्पतालका लागि बनाइएको योजना अगाडि बढ्न नसकेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानका उपाध्यक्ष प्रकाशराज रेग्मी बताउनुहुन्छ । नगरपालिकाभित्र एउटै प्लटको ठूलो परिमाणमा जग्गा पाउन मुश्किल बन्दै गएको कारण निर्माण कार्य कठिन भएको पनि उहाँको भनाइ छ । अस्पताल निर्माणका लागि विभिन्न व्यक्तिको सहयोग, दातृ संस्थाहरूको उत्सुकता र स्थानीय सक्रियता बढी रहे पनि जग्गा अभावका कारण अस्पताल निर्माण सुरू हुन नसकेको जानकारी उहाँले दिनुभयो । नेपालमा निजीस्तरका केही अस्पताललेे मुटुरोगको उपचारको लागि महँगो शुल्क लिन थालेपछि सामुदायिक अस्पतालको रूपमा लगभग २० करोड रूपियाँको लगानीमा नेपाल हार्ट अस्पताल बनाउने तयारी गरिएको थियो । अस्पताल निर्माणको लागि पाँच चरणमा कार्य विभाजन गरिएको थियो । पहिलो चरणमा अस्पतालका लागि करिब दुई लाख अमेरिकी डलरमा ओपीडी, ल्याब, एक्स रे, फार्मेसी निर्माण गर्ने कार्यक्रम रहेको थियो । दोस्रो चरणमा अस्पताल सघन उपचार कक्षसहित ५० शैयाको बनाउने योजना रहेको थियो । यसको खर्च १.२ मिलियन अमेरिकी डलर रहेको थियो । तेस्रो चरणमा ओटी सेवा, क्लोज हार्ट सर्जरी, ५० शैयासहित करिब तीन लाख अमेरिकी डलरको कार्यक्रम रहेको थियो । चौथो चरणमा तीन लाख अमेरिकी डलरमा ओपन हार्ट सर्जरी सेवा सुरु गर्ने कार्यक्रम थियो । पाँचौं चरणमा भने ७ लाख ५० हजार अमेरिकी डलरको क्याथ ल्याब सुविधाको कार्यक्रम थियो । मुटुरोगीका लागि सम्पूर्ण सेवा प्रदान गर्ने योजनासहितको सो अस्पतालको निर्माण हुन नसकेकोमा स्थानीय बासिन्दा पनि चिन्तित छन् ।

अस्पताल निर्माणका लागि मुख्यरूपमा रोटरी क्लब अफ पाटनलगायत ललितपुरका सम्पूर्ण रोटरी क्लब र नेपाल हार्ट फाउन्डेसनको सक्रियता बढी रहेको थियो । ललितपुर हार्ट क्लिनिक सहकार्यको भूमिकामा रहेको थियो । नेपाल सरकार, विश्वका अन्य रोटरी क्लब र रोटरी फाउन्डेसनले अस्पताल निर्माणमा सहयोग गर्ने बताइएको थियो । मुटुरोगको उपचारका लागि निजी अस्पताल वा क्लिनिकमा महँगो शुल्क लिने गरेकोले विपन्न तथा मध्यमवर्गका व्यक्तिको पहुँच त्यहाँसम्म पुग्न नसकेको अवस्थामा सामुदायिक अस्पताल वरदान सावित हुनसक्थ्यो, स्थानीय सञ्जय महर्जनको भनाइ छ । ललितपुरमा मुटुरोगीको चापका कारण त्यहाँका १२ रोटरी क्लब र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको पहलमा सुरु गर्ने भनिएको अस्पताल अहिले उपत्यकामा बढ्दै गएको सहरीकरण र जनसङ्ख्याको चापका कारण जग्गा खोज्दा खोज्दै अगाडि बढ्न नसक्नु दुःखद भएको स्थानीयवासीले बताए । ललितपुरमा कुनै एक मुटुरोगीलाई उपचारका लागि अस्पताल लग्नुपरेमा सहिद गंगालाल हृदयकेन्द्र नै पुर्‍याउनुपर्ने अवस्थ्ाा छ । काठमाडौंको ट्राफिक समस्या र रोगीको अवस्थालाई ध्यानमा राख्दा बाँसवारीमा रहेको सो अस्पतालमा पुर्‍याउँदासम्म रोगीको बाटोमा नै मृत्यु हुने अवस्था आउँछ भन्दै उनीहरूले चिन्ता व्यक्त गरे । नेपालमा प्रत्येक वर्ष मृत्यु हुने रोगीको सङ्ख्यामा मुटुरोगीको मात्र ५० प्रतिशत रहेको छ । त्यस्तै नेपालका १० प्रतिशत व्यक्ति विभिन्न किसिमका मुटुरोगबाट पीडित रहेको पाइएको छ । मुटुरोगीका लागि सुविधासम्पन्न अस्पतालको रूपमा गंगालाल हृदयकेन्द्र रहेको र ललितपुरको पाटन अस्पतालमा मुटुरोगको उपचारको व्यवस्थ्ाा गरिएको छैन । सँगैको थापाथलीको नर्भिक अस्पतालमा आर्थिक अवस्था सुदृढ भएका व्यक्तिहरूको मात्र पहुँच पुग्ने गर्दछ । ललितपुरबाट वीर अस्पतालमा मुटुरोगीका लागि परीक्षणको व्यवस्था गरिएको छ, तर त्यहाँ पनि पर्याप्त सुविधा छैन । टिचिङ् अस्पतालको हालत पनि त्यस्तै छ । विश्व स्वास्थ्य सड्ढठनका अनुसार सन् २०१५ सम्ममा दक्षिण एसियाली क्षेत्रमा यो रोगीको सङ्ख्या लाखौं पुग्न सक्दछ ।

नेपाल हार्ट अस्पतालका लागि ललितपुर धापाखेलका बासिन्दाको सक्रियता पनि प्रशंसनीय नै थियो । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका उपाध्यक्ष डा. प्रकाशराज रेग्मी जग्गाको कारण नै निर्माणकार्य अगाडि बढ्न नसकेको बताउनुहुन्छ । पछिल्लो दशकमा पाँच गुणाले मुटु रोगीको सङ्ख्या बढेको बताउने रेग्मी ललितपुरमा मुटुरोगीको आकस्मिक सेवा दिने तत्काल कुनै अस्पताल नभएको तर आफूहरूको परियोजना जग्गाको अभावमा नै अगाडि बढ्न नसकेको बताउनुहुन्छ । अस्पतालको कार्य अगाडि बढ्न नसकेकोले ललितपुर हार्ट क्लिनिकलाई नै अस्पतालको रूपमा विकास गर्ने सोच आफूहरूको रहेको पनि उहाँ भन्नुहुन्छ । अस्पताल निर्माणका लागि विश्वभरबाट र अन्य छिमेकी मुलुकबाट पनि सहयोगको लागि तत्परता देखाएको उहाँले जानकारी दिनुभयो ।