www.mynpl.blogspot.com ---- विक्रम थापा

दाइजो प्रथा तथा महिला मुक्तिको प्रश्न!

दाइजो प्रथा तथा महिला मुक्तिको प्रश्न
सीता शर्मा
पाली महिला मुक्ति आन्दोलन नेपाली जनयुद्धको विकाससागै अघि बढिरहेको छ । २१ औं शताब्दीको वैज्ञानिक युगमा पनि नेपाली महिलाहरू विभिन्न प्रकारका शोषण तथा अत्याचारबाट पीडित छन् । नेपाली महिलामाथि हुने अत्याचार तथा शोषणका स्वरूपहरू ठाउा अनुसार भिन्न किसिमका रहेका छन् ।

पहाडी समुदायमा महिलाहरूमाथि हुने शोषणको स्वरूप फरक छ भने मधेसी समुदायका महिलाहरूमाथि हुने शोषण बेग्लै प्रकारका छन् । नेपाली महिलाहरूले पितृसत्तात्मक सोचबाट पीडा भोग्नुपरेकाले पनि यस्तो भएको हो ।

पहाडी समुदायका महिलाहरू मधेसी समुदायका महिलाभन्दा केही स्वतन्त्र देखिए पनि उनीहरू पनि पुरुषवादी सोचका सिकार भइरहेका छन् । तराईमा अहिले पनि विद्यमान रहिआएका दाइजो प्रथा र घुम्टो प्रभावजस्ता विकृतिहरूले यस ठाउाका महिलाहरूलाई अत्यन्तै पछाडि पारेको छ ।

तराईका महिलाहरूको संसार अहिले पनि आˆनो घरको चार कोठाभित्र नै सीमित छ । तराईका महिलाहरूले भोगिरहेका शोषण तथा अत्याचार कमैमात्र बाहिर प्रकाशमा आउने गरेको छ ।

आधा आकाश ओगटेका महिलाहरू राजनीतिक आर्थिक र सामाजिक रूपमा असमानता भोगिरहेका छन् । तराईका महिलाको अवस्था झनै दयनीय छ । त्यहााका कतिपय चेलीबेटीहरू पशुसमान नै प्रयोग भइरहेका छन् । विवाह गर्दा त्यहााका महिलाले आफै निर्णय गर्न पाउादैनन् । कतिपय चेलीबेटीहरूको विवाहमा दाइजो दिएर ज्वााइ किन्ने गरिन्छ । तर हाम्रो देशको कानुनमा तिलक -दाइजो) लिन दिन हुादैन भन्ने स्पष्ट व्यवस्था गरिएको छ ।

कानुनमा त्यस्तो व्यवस्था हुादाहुादै पनि व्यवहारमा लागू भएको पाइादैन र तराई समाजमा दाइजो लिने दिने काम प्रतिदिन बढ्दै गइरहेको छ । यसबाट विशेष प्रभावित जिल्लाहरूमा सिरहा, सप्तरी, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा आदि रहेको देखिन्छ । प्रायः तराईमा दाइजोको मोल वरको डिग्री र पिताको सम्पत्तिमा भर पर्दछ । जसले जति डिग्री प्राप्त गरेका हुन्छन् त्यो पुरुषको मूल्याङ्कन बढी हुन्छ । पुरुषको पढाइ र हैसियत अनुसार दुलहीको परिवारलाई केटा पक्षबाट विवाहमा रकमको माग गरिन्छ । शिक्षित तथा सम्पन्न घरमा छोरीको विवाह गर्नुपरेमा केटा पक्षको मागलाई स्वीकार्नु केटी पक्षको बाध्यता रहेको छ । केटाका बाबुले छोराको पढाइमा लागेको खर्चको र सोको ब्याजसमेत जोडेर केटी पक्षबाट दाइजोको रूपमा असुली गर्न चाहन्छन् र माइतीबाट पनि छोरीलाई शिक्षा दीक्षा वा अंश दिनुको साटो दाइजो दिने गर्दछन् ।

यस्तै विविध कुरीति र कुप्रथाका कारण तराईका प्रायः बुहारीहरू आˆनो परिवारभित्र हुने विभिन्न प्रकारका घरेलु हिंसाको सिकार बन्न पुगिरहेका छन् । दाइजोकै कारण महिलाको हत्या हुने, एसिड छ्याप्ने जस्ता आपराधिक प्रकृतिका घटना पनि बढ्दै गइरहेका छन् । धेरै छोरीहरू भएका अभिभावकहरू दाइजोको चापले गर्दा घर घडेरीसमेत बेच्न बाध्य भई घरबारविहीन भएका छन् र त्यस्तै आर्थिक अवस्था साह्रै कमजोर भएकोले दाइजो दिन नसकी छोरीको विवाह हुन नसकेको स्थितिमा समाजका अवहेलना तथा बाबुआमाको चिन्ता र लाचारी देखेर सहन नसकी त्यस्तो छोरीले आत्महत्या गरेको उदाहरण समेत प्रशस्तै पाइन्छ । यस्तो घीनलाग्दो प्रथा विस्तारै पहाडी भेगमा पनि फैलिन थालेको छ । हुन त अहिलेसम्म पहाडी समुदायमा नगद, पैसा, दाइजोको रूपमा माग्ने चलन छैन तर अधिकांश केटा पक्षले धेरै मूल्य पर्ने प्रशस्त दाइजो केटी पक्षले दिए हुन्थ्यो भन्ने चाहना राखेको पाइन्छ । कतिपय परिवारमा धेरै दाइजो लिएर आउने बुहारीलाई घर परिवारले धेरै माया गर्ने र कम दाइजो ल्याएको बुहारीलाई अलि फरक किसिमको व्यवहार गरेको देखिन्छ । साथै प्रशस्त दाइजो पाएका मानिसहरूको उदाहरण दिादै बुहारी तथा उनको माइतीलाई सुनाएर अपमान गर्ने र लज्जित महसुस गराउने काम पनि त्यति नै हुादै आएको छ । यसको अर्थ घुमाउरो पारामा दाइजो प्रथालाई प्रोत्साहन दिनु हो । आधुनिक युगमा पनि धर्म परम्परा तथा संस्कारको नाममा महिलामाथि शोषण हुनु भनेको सााच्चै लज्जाजनक कुरा हो । अब महिलाहरूमा जकडिएका रूढीवादी संस्कृतिका विरुद्ध नयाा संस्कृति र सोचको विकास गर्न जरुरी छ । शिक्षा र लैङ्गकि चेतनाको अभावले गर्दा महिलाले आफूमाथि भइरहेको हिंसालाई बुझ्न सकिरहेका छैनन् । त्यसैले महिलाको स्तर उकास्न सबैभन्दा पहिले महिलालाई आर्थिक र सामाजिक रूपले सम्पन्न गरिनुपर्दछ भने लिङ्गका आधारमा महिलामाथि विद्यमान रहेका विभेदपूर्ण कानुनहरूको संशोधन र खारेजी गरिनुपर्दछ!