www.mynpl.blogspot.com ---- विक्रम थापा

फिल्मी चर्चा परिचर्चा राजेश दादा कि हनुमान भक्त

कसैले भन्छ राजेश दादा, कसैले भन्छ राजेश काका, कसैले भन्छ राजेश ठुलो बा, कसैले भन्छ राजेश हजुरबा, आखिर को हो त राजेश हमाल कश को नाती कसको बाजे, तर यो हो कि राजेश त बुढो कन्या हनुमान भक्त, नेपालको हिमाल'शिखर हमाल..हेहेहे!

कृषासँग नाम छैन
काठमाडौ । पछिल्लो पटक चलचित्र 'ईन्साफ'मा लगानी गरेकी निमात्री कृषा चौलागाई यतिबेला अर्को चलचित्रको तयारीमा जुटेकी छिन् । नयाँ चलचित्र बनाउने धुनमा उनलाई एउटा संकट परेको छ, त्यो हो सिनामाको नामको ।
'मसिरबाट नयाँ सिनेमा गर्ने भनेको नाम नै गतिलो भेटिएन ।' कृषाले दुखेसो पोखिन । उनको नयाँ सिनेमाको लागि स्किप्ट, निर्देशक र कलाकारको भने छनौट भइसकेको छ । कृषा भन्छिन्- 'झकास नाम भएन भने गतिलो ब्यापार हुदैन' तपाईसँग त्यस्तो कुनै दामी नाम छ कि ?
..............................................
पोखरामा सिने महोत्सव
काठमाडौं । चलचित्र पत्रकार संघले पोखरामा ४ दिने चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । भदौ २७ मा सुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
तृष्णा, बलिदान, दर्पणछाँया जस्ता नाम चलेका पुराना र नयाँ गरी जम्मा १३ सिनेमाको महोत्सवमा प्रर्दशनी हुने छ । महोत्सवमा २० लघु सिनेमाको छुट्टै प्रर्दशन गरिने बताउँदै संघका उपाध्यक्ष डब्बु क्षेत्रीले यस्तो महोत्सव नेपालमै पहिलो भएको दाबी गरे । यो बाहेक महोत्सवमा चलचित्र निर्माणका पुराना सामाग्रीको प्रर्दशनी र अन्र्तक्रिया कार्यक्रम गरिने छ ।
आगामी वर्ष अन्तराष्ट्रिय लघु सिनेमा महोत्सव आयोजना गर्ने तयारीमा संघ जुटेको उपाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
..............................................
सुन्दर मेरो नाम र पर्खि बसे
काठमाडौं- 'टेलिभिजनका हिरो' दीपकराज गिरी यतिबेला ठुलो पर्दाकै नायकका रुपमा चर्चामा आएका छन् । उनि अभिनित चलचित्र सुन्दर मेरो नाम अहिले प्रर्दशनमा छ । तर, सोचेजस्तो सफलता भने हात परेन् ।
गोपीकृष्ण मुभिजको ब्यानरमा विजय थापाले निर्देशन गरेको यस चलचित्रमा रमित ढुंगानाका साथमा नायिका गरिमा पन्त दाहोरो भूमिका छिन् । बाहिरी अनुहार होइन, सोचाई र ब्यबहार सुन्दर हुनुपर्छ भन्ने सन्देश उठान गरेको छ यसले । सँधै टेलिभिजनमा हसाउने दीपकराज गिरी यहाँ भने भावुक भूमिकामा देखिएका छन् । विषयबस्तु र प्रस्तुतीका हिसाबले स्तरिय देखिएपनि सिनेमाले सोचेजस्तो ब्यबसायिक सफलता भने हात पार्न सकेको छैन ।
गोपीकृष्ण मूभिजकै ब्यानरमा बनेको अर्को सिनेमा पर्खि बसेले भने राम्रो सफलता हात पारेको छ । प्रेम कथामा आधारित चलचित्रको संगीतको पक्ष सशक्त छ । सुरेश अधिकारीको संगीत रहेको चलचित्रमा निखिल उप्रेती, जितु नेपाल, राजबल्बभ कोइराला, युना उप्रेती लगायतका कलाकार मुख्य भूमिकामा छन्
...............................................
आउनै लाग्यो 'मृत्युञ्य'
काठमाडौं । संगीतमा कमाएको नामले पुगेन, दीपकरमण डंगोल चलचित्रमा आफै लागनी गर्न हौसिएका छन् । उनको पछिल्लो चलचित्र आजका युवा छायांकनको चरणमा छ भने 'मृत्युञ्य' प्रदशनीको पर्खाइमा छ ।

काज-क्रिया सकिएपछी जिउँदै भेटिएको मान्छेको अनौठो कथा र बैदेशिक रोजगारीमा ठगिएका दुई भिन्न प्रसंगलाई जोडेर दिनेश न्यौपानेले लेखेको कथामा नारायण पुरीले निर्देशन गरेका छन् ।

ॐ नमः शिवाय फिल्मस्को ब्यानरमा बनेको चलचित्रको मुख्य भूमिकामा रमित ढुंगाना, संचिता लुइटेल, मुकुन्द श्रेष्ठ, सुनिल थापा, उमेश खड्का, शंकर घिमिरे, आनन्द थापा लगायतका छन् । राजेन्द्र खड्कीको द्धन्द्ध, राजु शाह, प्रदिप श्रेष्ठ र दिनेश पाखि्रनको नृत्य, रत्न ढकालको क्यामेरा रहेको मृत्युन्जयुको सम्पादन शिव पुरीले गर्दै छन् ।